प्रधानमन्त्री जापान, पापुआ न्यू गिनी औ अस्ट्रेलियाको छः दिवसीय यात्रामा

modis_282

नयाँ दिल्लीः प्रधानमन्त्री नरेन्द्र मोदी जी-७ समूह र क्वाड सहित तीन प्रमुख बहुपक्षीय शिखर सम्मेलनहरूमा भाग लिनको लागि शुक्रवारदेखि जापान, पापुआ न्यू गिनी औ अस्ट्रेलियाको छः दिवसीय यात्रामा रहनेछन्। जापानको हिरोशिमामा आयोजना भइरहेको क्वाड समूहका नेताहरूको बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकाका राष्ट्रपति जो बाइडन, जापानका प्रधानमन्त्री फुमियो किशिदा एवं आस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनीज भाग लिनेछन्। उक्त आशयको जानकारी गराउँदै विदेश सचिव विनय क्वात्राले भने, प्रधानमन्त्री मोदी १९ मईको बिहान जापान यात्राको निम्ति प्रस्थान हुनेछन् र जापानी शहर हिरोशिमा पुग्नेछन्। त्यहाँ उनले दुनियाँकै विकसित अर्थव्यवस्था भएका देशहरूको समूह जी-७ को वार्षिक शिखर सम्मेलनमा भाग लिनेछन्।

उल्लेखनीय छ कि अमेरिकाका राष्ट्रपति बाइडनले देशमा उत्पन्न गम्भीर आर्थिक संकटमाथि ध्यानकेन्द्रित गर्ने उद्देश्यले आफ्नो अस्ट्रेलिया यात्रालाई स्थगित गरिदिएका छन्। यसकारणले उनले सिडनीमा प्रस्तावित क्वाड देशहरूका नेताहरूको बैठकलाई पनि रद्द गरिसकेका छन्। हिरोशिमामा आयोजना भइरहेको क्वाड नेताहरूको बैठकको प्रश्नमा विदेश सचिवले भने, क्वाड समूहका नेताहरूको जहाँ भेट हुन्छ त्यहीँ क्वाडको बैठक हुन्छ। यसमा आर्थिक विषय, नौवहन, विकास, हिन्द प्रशान्त आदि मुद्दाहरूमा कसरी सहयोग बढ़ाउन सकिन्छ त्यसमाथि चर्चा हुनसक्छ। क्वाड बैठकको स्थान मात्र परिवर्तन भएको छ, बाँकी जस्ताको तस्तै छ।

स्मरण गराइन्छ, गत मंगलवार बाइडनले भनेका थिए- ‘म तपाईहरूको यात्रामा कटौती गरिरहेको छु। कांग्रेसका नेताहरूसित निर्णायक बातचितको लागि म यस यात्रा अवधि अस्ट्रेलिया र पपुआ न्यू गिनीको आफ्नो भ्रमणलाई रद्द गरिरहेको छु। मैले आज अस्ट्रेलियाका प्रधानमन्त्री अल्बनीजसित कुराकानी गरेर वर्तमान अवस्थाबारे अवगत गराएको छु।’ त्यसपछि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनीजले बुधवार भनेका थिए, अस्ट्रेलिया, अमेरिका, भारत औ जापानका नेताहरूले अब यस सप्ताहको अन्तमा हिरोशिमामा आयोजना भइरहेको जी-७ शिखर सम्मेलनमा भेट गर्नेछन्। जापानमा क्वाड नेताहरूबीच चर्चा हुनेछ। क्वाड एउटा महत्वपूर्ण निकाय हो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement