हैदराबादः तेलंगानाका मुख्यमन्त्री के. चन्द्रशेखर राव (केसीआर) ने बिहिवार सॉंझ विश्व बक्सिङ च्याम्पियन निकहत जरीनलाई ओलम्पिक खेलमा भाग लिन, प्रशिक्षण र कोचिङ एवं परिवहन खर्च पूरा गर्नका लागि दुई करोड़ रूपियॉं दिने घोषणा गरेको छ।
निकहतले यहॉं सचिवालयमा मुख्यमन्त्रीसॅंग शिष्टाचार भेट गरे। यस अवसरमा केसीआरले विश्व बक्सिङ च्याम्पियनले आगामी ओलम्पिकमा स्वर्ण पदक जितेर तेलंगानासहित भारतको गौरव एकपल्ट फेरि विश्वमा फैलाउन् भनी कामना गरे।
मुख्यमन्त्रीले भने, विश्वका धेरै मञ्चहरूमा अगावै पदक जितेकी निकहत जरीनलाई आगामी ओलम्पिक खेलहरूमा भाग लिन राज्य सरकारले पूरा सहयोग गर्नेछ। यस अवसरमा खेल मन्त्री वी. श्रीनिवास गौडका साथै मन्त्री महमूद अली, प्रशान्त रेड्डी, खेल प्राधिकरणका अध्यक्ष ई. अन्जनेय गौड आदि पनि उपस्थित थिए।
-हिस