मेदनीपुर विस्फोटका मुख्य आरोपी भानु बागको ओडिशाको अस्पतालमा मृत्यु

00-1-Chheriya-Samachar

कोलकाताः पश्चिम बंगालको पूर्व मेदनीपुरको एगरामा अवस्थित एक पटाका कारखानामा गत मंगलवार भएको विस्फोटका मुख्य आरोपी कृष्ण पद उपनाम भानु बागको बिहीवार अबेर राती लगभग २ बजे ओडिशाको कटकस्थित एक अस्तालमा उपचारको क्रममा मृत्यु भयो। विस्फोटको घटनापछि आरोपी बाग भागेर ओडिशा पुगेको थियो। राज्य सीआईडीको टीम त्यहाँ उपस्थित छ। उसको शवलाई पश्चिम बंगालमा ल्याइनेछ। पूर्व मेदनीपुरका पुलिस अधीक्षक अमरनाथले भानुको मृत्यु भइसकेको पुष्टि गरेका छन्।

उल्लेखनीय छ, यस विस्फोटमा नौजनाको मृत्यु भएको थियो। कटक अस्पतालका डाक्टरहरू अनुसार भानुको शरीर लगभग ८० प्रतिशत जलिसकेको थियो। स्थानीय पुलिस मुताविक यस घटनामा मृतक भानुका छोरा र भतिज पनि मुख्य आरोपी हुन्। उसको भाञ्जालाई पहिला नै सीआईडीले आठ दिनको हिरासतमा लिसकेको छ। मृतकको परिवारका सदस्यहरूले अस्पताल प्रशासनलाई बताएका थिए, उसको घर ओडिशाको बालेश्वरमा छ। पहिचान प्रमाण-पत्रको रूपमा बालेश्वरको ठेगाना भएको आधार कार्ड देखाइएको थियो। अस्पताललाई बताइएको थियो कि उसले खाना पकाइरहेको बेला आगलागी भएर जलेको थियो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement