चाईबासामा नक्सलीहरूले बिछाएको आईईडीको चपेटमा परेर १० वर्षीय नानीको मृत्यु

nat-1

पश्चिमी सिंहभूमः चाईबासा जिल्लामा नक्सलीहरूले बिछाएको आईईडीको चपेटमा परेर १० वर्षीय नानीको मृत्यु भएको छ। यो घटना सर्वाधिक नक्सल प्रभावित सुदूरवर्ती टोंटो थाना क्षेत्रको रेंगरा गाउॅं छेउ बिहिवार राति भएको हो। पुलिसले शुक्रवार बिहान उक्त जानकारी दिए। पुलिस अधीक्षक आशुतोष शेखर अनुसार, बिहान सूचना पाउनसाथ टोंटो पुलिसलाई रेंगरा पठाइयो। विभागका कर्मचारीहरू त्यहॉं पुगेपछि घटनाको बारेमा विस्तृत जानकारी प्राप्त हुनेछ। अहिले घटनामा नानीको मृत्यु भएको सूचना प्राप्त भएको छ।

उल्लेखनीय छ, अहिले जिल्लाका विभिन्न थाना क्षेत्रहरूमा नक्सली उन्मूलनको निम्ति पुलिसले अभियान शुरू गरेको छ। यसले नक्सलीहरू आतिएका छन्। माओवादीहरूले यस अभियानलाई विफल बनाउन जंगलमा आईईडी बिछाउन शुरू गरेका छन्।

-हिस

About Author

Advertisement