माध्यमिक परीक्षा २०२३ मा सम्पुर्ण पश्चिम बङ्गाल राज्यमा तेस्रो स्थानमा मालदाका माहिर हसन

photocollage_202351916591975.jpg

मालदा: मालदाका छोरो माहिर हसनले माध्यमिक परीक्षामा राज्यमा तेस्रो स्थान हासिल गर्न सफल बनेका छन्। मालदाको रामकृष्ण मिशनका छात्र माहिर पनि हाल सिलगढीमा बसेर पढाई गरिरहेका छन्। आज माध्यमिक परीक्षाको रिजल्ट घोषित गरेको समय माहिर हसन सालुगढा नजिक एउटा कोचिङ इन्स्टिट्युटको क्लासमा थिए। पछि शिक्षकहरूबाट तिनले राज्यमा तेस्रो स्थाना ल्याएको थाहा पाए। माहिर भविष्यमा डाक्टर बन्न चाहन्छन्। तिनको बाबु पेशाले स्कुल टिचर हुन्।माहिर सिलगढीमै बसेर अघिको पढाइ गर्नेछन्।

About Author

Advertisement