दिनहाटाको प्रत्युशा बर्मन माध्यमिक परीक्षामा राज्यमा आठौँ स्थानमा

Capture1-14

कुचबिहार: पश्चिम बङ्गाल माध्यमिक बोर्ड परीक्षाको परिणाम आज प्रकाशित भएको छ। कुचबिहार जिल्लाले टप १०-मा ठाउँ बनाएको छ। दिनहाटा गोपालनगर एमएसएस उच्च विद्यालयका छात्रा प्रत्युशा बर्मनले माध्यमिक परीक्षामा ६८५ अङ्क प्राप्त गरेर राज्यमा आठौँ स्थान हासिल गरेकी छन्। प्रत्युशाको बाबु तरणी कान्त बर्मन र आमा काजल राय स्कुलका शिक्षक हुन्। गत वर्ष प्रत्युशाको दिदी प्रेरणाले उच्च माध्यमिक परीक्षामा दसौँ स्थान ओगटेकी थिइन्। छोरीको सफलतामा परिवारका सदस्यहरू निक्कै खुसी छन्। प्रत्युशा बर्मनले बताएअनुसार माध्यमिक मेरिट लिस्टमा कुचबिहारका तीनजना मात्र रहेको टिभीमार्फत् थाहा पाएपछि म अलिक निराश भएँ। तर अचानक मेरो नाम सुने। मेरिट लिस्टमा स्थान पाउछु भन्ने आशामा थिएँ। भविष्यमा भौतिकशास्त्र पढेर अनुसन्धान गर्न चाहन्छिन्। गत वर्ष उच्च माध्यमिक परीक्षामा दिदीको सफलता तिनको लागि प्रेरणा हो। दिदीले सधैँ मेरो पढाइमा सहयोग गरेकी तिनले बताइन्। प्रत्युशाको बाबुले बताएअनुसार ठुलो छोरी प्रेरणाको सफलतापछि प्रत्युशाले यस वर्ष माध्यमिकको लागि तयारी सुरू गरेकी थिइन्। पढाइ सँगसँगै नृत्य, गायन, आवृति सबैमा प्रत्युशा दक्ष छिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement