नयाँ दिल्ली: केरलामा पाँच वर्षीया बालिकालाई बारम्बार बलात्कार गरेको आरोपमा आफ्नै बाबु र मामालाई ८४-८४ वर्षको जेल सजाय सुनाएको छ। केरलाको विशेष पोक्सो (प्रोटेक्सन अफ् चिल्ड्रेन फ्रम सेक्सुअल अफेन्सेस-२०१२) अदालतले बिहीबार सो सजाय सुनाएको हो। देवीकुलम पोक्सो फास्ट ट्र्याक अदालतका न्यायाधीश रविचन्द्र सीआरले दुवै दोषीलाई पोक्सो, भारतीय दण्ड संहिता र बाल न्याय ऐनअन्तर्गतको कानूनअनुसार ८४-८४ वर्षको जेल सजाय सुनाएको हो।
विशेष अदालतले कैद बाहेक तीन/तीन लाख जरिवाना समेत गरेको र जरिवाना रकम पीडितलाई दिन निर्देशन दिएको सरकारी वकिलले बताएका छन्। उनका अनुसार पीडितलाई क्षतिपूर्ति दिन जिल्ला कानून सेवा प्राधिकरणलाई पनि अदालतले निर्देशन दिएको छ। पीडित बालिकालाई २०२१ मा घरमा बाबु र मामाले बारम्बार बलात्कार गरेको र पछिल्लो बलात्कारको घटना २४ दिसम्बर २०२१ मा बालिकाकी आमाले थाहा पाएपछि बाल कल्याण समितिमा उजुरी गरेकी थिइन्। त्यसपछि उनीहरुलाई पक्राउ गरी अदालतमा लगिएको थियो।