अब ट्वीटरमा दुई घण्टा लामो भिडियो अपलोड गर्न सकिने भएको छ। सोसियल मिडिया प्लेटफर्म ट्वीटरका प्रमुख एलन मस्कले सो जानकारी दिएका हुन्। उनले भनेका छन्, ‘अब ब्लु टिक भेरिफाईड प्रयोगकर्ताले आठ जिबीका दुई घण्टा लामो भिडियो आफ्नो अकाउन्टमा अपलोड गर्नसक्ने छन्।’