कसरी ब्यांक खाताबाट पैसा स्वतः ट्रान्सफर भयो?

indian-currency

कोलकाता: बरासतको सेवायन स्वयंसेवक संस्थाका प्रमुख सोमेन हल्दारले बिहीबार बारासातको साइबर क्राइम पुलिस थानामा ठगीको उजुरी दिएका छन्। संस्थाको ब्यांक खाताबाट मुम्बईको ब्यांक खातामा १३ हजार ९५० रुपियाँ स्वतः ट्रान्सफर भएको उनले पुलिसमा उजुरी दिएका छन्। उनले दावी गरेअनुसार न त कुनै लिङ्क न कुनै ओटीपी वा अनलाइन ट्रान्सफर सेयर गरिएको छ त्यसैले यो कसरी सम्भव हुनसक्छ? यस विषयमा पहिले ब्यांकमा उजुरी गरेको र त्यहाँबाट आएको सुझावका आधारमा आज पुलिसमा उजुरी गरेको उनको भनाइ छ। उजुरीपछि पुलिस छानबिन शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement