आगामी २४ जुन अनित थापाले ‘भविष्य निर्माण यात्रा’ गर्ने

IMG-20220622-WA0135.jpg

“मेरो राजनैतिक यात्रा पहाडको भविष्य निर्माण गर्ने यात्रा हो”: अनित थाप

महानदी तिन्धरिया समष्टिका उम्मेद्वार नवराज क्षेत्रीको निम्ति भोटको अपिल गर्दै अनित थापाले भने, “हिंसा, बन्द, गाली, डर, उक्साउने राजनीतिले पहाड बिमार छ। यस्तो राजनीतिको चोट आज पनि हाम्रो पहाडले भोग्नु परिरहेको छ। त्यसैले म भन्छु अब पहाडलाई यस्तो रोगको एक छिटाले पनि छुनु दिने छुईन। मेरो राजनैतिक यात्रा सकरात्मक राजनीतिलाई स्थापना गर्नु हो। आशाको निर्माण गर्दा गर्दा पहाड नै नियास्रो बनेको छ। अब हामी भविष्य निर्माण गर्नेछौ।मेरो राजनैतिक यात्रा पहाडको भविष्य निर्माण गर्ने यात्रा हो।”

पहाड अनि तराई को भविष्य निर्माण गर्ने संदेश बोकेर उनले आगामी २४ जूनको दिन घूम देखि ८ किलो मिटरको पैदल यात्रा गर्ने घोषणा गर्दै भने, ” यो यात्रालाई हामीले नाम दिएका छौ “पहाड, तराईको भविष्य निर्माण यात्रा”। यो पैदल यात्रा ८ किली मीटरको यात्रा हुनेछ। यात्रा आगामी २४ तारिक घूम देखि आयोजना गर्दैछौ। पहाडका सम्पूर्ण पहाडवासीलाई निवेदन गर्छु कि पहाड, तराईको भविष्य निर्माण चाहने हरेक पहाडवासी घुमको रेलवे स्टेशनमा बिहान १० बजे भेला भई दिनुहोस। यो यात्रामा मेरो सह यात्री बनिदिनुहोस।”

उनले पहाडको सम्पूर्ण जनतालाई पहाडको भविष्यको निम्ति शक्ति माग्दै प्रार्थना गर्ने अनुरोध गर्दै भने, “पहाडलाई उज्यालो तिर लैजानु छ। पहाडको उज्जवल भविष्यको निम्ति आगामी २४ अनि २५ तारिक पहाडको प्रत्येक परिवारले मोम बत्ती बालेर पहाडको सुख शान्ति अनि समृद्धिको निम्ति प्रार्थना गरिदिनु हुन निवेदन गर्दछु।”

महानदी तिन्धरिया समष्टिमा चुनाव प्रचारमा पुगेका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले भने, ” अब पहाडमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बाढ आउनेछ। यो बाढलाई कसैले रोक्नु सक्ने छैन।”

सुबास घिसिङको जन्म दिनलाई याद गर्दै उनले भने, “सुबास घिसिङको जन्म दिन आज। उहाँले गोर्खालाई एकताको सूत्रमा बाँध्नु भएको थियो। उहाँले नै तयार पारेर जानु भएको प्ल्याटफर्म मा उभिएर आज हामी बोल्दैछौ।”

समष्टिमा तनाव उठ्दै गरेको भान हुँदैछ। उनले कार्यकर्ताहरुलाई भने,”मैले पहाडमा जुन शान्ति फर्काएर ल्याएको छु त्यो भङ्ग कसैले पनि नगरिदिनु। नेताको निम्ति झगडा नगर्नुहोस। सम्बन्ध नबिगार्न अपिल गर्छु।”

गाडीमा चडेर, फेसबुकमा लेखेर जनताको दुःख बुझ्नु सकिन्न। त्यसरी नै अनित थापालाई गाली गरेर भोट जितिन्न भन्दै उनले भने, “अजय एडवर्ड्सले अनित थापालाई गाली गर्नु भन्दा आफूले चार पल्ट पब्लिकको म्यान्डेट पाएको हिसाब दिनु नि।जी टी एन ठीक छैन भन्ने व्यक्तिलाई भोट दिँदा जनताको भोट बेकारमा जानेछ।”

समष्टिका प्रार्थी नवराज क्षेत्रीले भने, “यहाँको समस्या धेरै छन्, मैले यहाँको समस्या संग जुझेको छु। मेरो जितमा यी समस्याहरूको समाधान गर्ने काम हामी अवश्य गर्ने छौ।”

अनित थापाले आज तिन्धारिया, घुम्ती, गिद्धे पहाडका जनता अनि खरसाङका व्यापारीहरु संग पनि भेट गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement