विराट कोहलीले छैटौं आईपीएल शतक लगाए, क्रिस गेलको रेकर्डको बराबरी गरे

virat_867

नयॉं दिल्लीः रोयल च्यालेन्जर्स बेङलुरु (आरसीबी) का स्टार ब्याट्सम्यान विराट कोहलीले इण्डियन प्रीमियर लीग (आईपीएल) मा चार सालको लामो प्रतीक्षापछि सनराइज हैदराबाद (एसआरएच) विरूद्ध बिहिवार शतक लगाए। आईपीएलमा यो उनको छैटौं शतक हो। स्टार ब्याट्सम्यानले अप्रेल २०१९ पछि आफ्नो पहिलो आईपीएल शतक लगाएका छन्।

आईपीएल २०२३ मा कोहलीको यो पहिलो शतक थियो। उनले टीमका पूर्व साथी क्रिस गेलको लीग इतिहासमा सर्वाधिक शतकहरूको रेकर्डको बराबरी पनि गरेका छन्। आरसीबीका ब्याट्सम्यान कोहली राम्रो फर्ममा थिए तर उनको सुस्त शुरूवातको निम्ति आलोचना भइरहेको थियो। यद्यपि, बिहिवार राति उनले आलोचकहरूलाई कड़ा जवाफ दिॅंदै ६२ बलमा आफ्नो शतक पूरा गरे।

म्याचमा १८औं ओभरमा कोहलीले १०० रन बनाएर भुवनेश्वर कुमारको बलमा आउट भए। जवाफमा आरसीबीले विराट कोहली (१००) को शतक र कप्तान फाफ डु प्लेसिस (७१) को अर्धशतकको बलमा १९.२ ओभरमा २ विकेट गुमाएर १८७ रन बनाएर ८ विकेटले म्याच जितेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement