१९ मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगिताको सम्पूर्ण फिक्स्चर जारी गरियो। रिटर्न लेगको म्याचहरू २३ मईदेखि शुरु हुनेछ अनि ६ जूनसम्म चल्नेछ। त्यसपछि पहिलो सेमिफाइनल (ग्रुप ए विजेता बनाम ग्रुप बी उपविजेता) ८ जूनमा खेलिनेछ। त्यसरी नै दोस्रो सेमिफाइनल (ग्रुप बी विजेता बनाम ग्रुप ए उपविजेता) ९ जूनमा खेलिनेछ। दुईवटा सेमिफाइनलको विजेता टीमबीच ११ जूनमा फाइनल हुनेछ। स्थानीय मेला ग्राउण्डमा जारी के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ। यसमा कालेबुङ जिल्ला पुलिस, जर्जियन एफसी, सेसोनिअन एफसी, सुबोथ एफए (मंगपंग) र शेयर एफसी ग्रुप ए-मा रहेको छ। यसरी नै ग्रुप बी-मा युनाइटेड ब्रदर्स, नादोङ भूटिया एफए, गोरुबथान एफसी, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब रहेको छ।