१८ मईः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को ६५औं म्याचमा रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी)-ले सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गऱ्यो। यस जीतको साथै आरसीबी १३ वटा म्याचमा १४ पोइण्ट्सको साथ असल नेट रन रेटको आधारमा आईपीएल पोइण्ट्स टेबलमा चौथो स्थानमा पुग्यो। हैदराबादको राजीव गान्धी इण्टरनेशनल स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै सनराइजर्सले २० ओभरमा ५ विकेट गुमाएर १८६ रन बनायो। शीर्ष क्रमको फ्लप शो पछि हेनरिक क्लासेनले शतक बनाएर टीमलाई असल स्कोरसम्म पुऱ्याए। दक्षिण अफ्रिकी विकेटकीपर ब्याटर क्लासेनले चौथो नम्बरमा ओर्लिएर ८ वटा चौका र ६ वटा चौकाको साथ ५१ बलमा १०४ रन बनाए। यसबाहेक ह्यारी ब्रूकले अविजित २७ रन बनाए। अरू कसैले उल्लेखनीय योगदान दिन सकेनन्। आरसीबी-का बलरहरूमा माइकल ब्रेसवेलले सर्वाधिक २ विकेट लिए। जवाफमा आरसीबी-ले १९.२ ओभरमा २ विकेट गुमाएर १८७ रनको लक्ष्यलाई हासिल गऱ्यो। विराट कोहलीले ६३ बल खेलेर १०० रन बनाए। आफ्नो छैटौं आईपीएल शतक बनाउने कोहलीले १२ वटा चौका र ४ वटा छक्का लगाए। यसबाहेक कप्तान फाफ डू प्लेसिसले ७ वटा चौका र २ वटा छक्काको साथ ४७ बलमा ७१ रन बनाए। कोहली र डू प्लेसिसले पहिलो विकेटको निम्ति १७.५ ओभरमा १७२ रनको पार्टनरशीप गरेर टीमलाई जीतको नजिक पुऱ्याए। ग्लेन म्याक्सवेल ५ र ब्रेसवेल ४ रनमा अविजित रहे।