जिद्दी छोरो

Abraham-Lincoln

                  सुदर्शन अम्बटे

   — “औउ आमा चै, काठ मिस्त्रीहरू यो बाटो आयो भने यसको अनुहारमा दुई-चारपल्ट रण्डा घस्नु लाउनु है!”

          खुदै बाबुले त्यसो भन्थे। अन्दाज लाउनुस्,  त्यस छोरोको शकल-सुरत कस्तो थियो होला!  तर थियो, छोरो जिद्धी नम्बर एक। खान्छु त खान्छु-खान्छु। जान्छु त जान्छु-जान्छु। गर्छु त गर्छु गर्छु, खालेl लेखापड़ामा चिलिम। गरीब किशानको छोरो। गाउँका ठूला-ठालाहरूको खेत जोत्थे। हाजिराको सट्टा दुई-चार अक्षर पढाई मागथ्ये। पढाएको पाठ, घोटी-घोटी कण्ठ गर्थे। अनि दिमागको मेमोरी चिप-मा सिउरन्थ्ये। कहिल्यै नभूल्ने गरी।

 त्यही जिद्दी छोरोले

  • २० वर्षको उमेर पुग्दा बिजिनेस थाले।
  • २२ वर्षको उमेर हुँदा बिजिनेस स्वाहा भयो।
  • २३ वर्षको उमेर पुग्दा राज्य विधानसभाको चुनाव लड़े- तर फूस्सै।
  • २४ वर्षको उमेरमा फेरि बिजिनेस थाले- बाँकीमा डुबेर खली-खप्पुर भए।
  • २५ वर्षको उमेरमा राज्य विधान सभाको चुनाव लड़े। कसो-कसो चुनिए; यसपल्ट चाहिँ।
  • २६  वर्षको उमेरमा उसको प्रेमीकाको मृत्यु भयो।
  • २७ वर्ष पुग्दा उनको पनि हावा खुस्कियो। मानसिक रोगी भए।
  • २९ वर्षको उमेरमा विधानसभा स्पीकरको चुनाव लड़े- स्वात्तै भयो।
  • ३१ वर्ष पुग्दा “निर्वाचक” भन्ने  पदको निम्ती सिङ्गौरी खेले- त्यहाँ पनि उधो मुन्टिए।
  • ३४ वर्षको उमेरमा सर्व दलीय संघको उम्मेद्वार खड़ा भए – त्यसमा पनि जिप्टीए।
  • ४६ वर्ष वर्षको उमेरमा मन्त्री सभाको पदमा कन्टेस्ट गरे- नमीठो गुल्टिए।
  • ४७ वर्ष पुगेपछि “उप राष्ट्रपति” बन्ने कम्मर कसे-तीन बलड्याङ गिच्छाड़िए।
  • ४९ वर्ष उमेरमा फेरि मन्त्री सभा पदको लागि भिड़िए; तर यसपाली पनि पच्छारिए।  
  • ५१ वर्ष पुग्दा उ राष्ट्रपति बन्यो। संसारको सबैभन्दा सफल राष्ट्रपति। शक्तिशाली राष्ट्रपति । 

 देश थियो-  अमेरिका    

जिद्धी छोरो- अब्राहम लिङ्कन

राष्ट्रिय विश्लेषकहरूले उनी माथि धेरै लामो विशेषण गरेपछि प्रमाणित भयो कि अब्राहम लिङ्कनसँग रण जित्ने एउटै ब्रह्मअस्त्र थियो:- सकारात्मक मनोबृत्ति दृष्टिकोण (positive mental attitude).

                  – सुदर्शन अम्बटे 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement