गान्तोक: कान्समा आयोजित ७६औं चलचित्र उत्सवमा सिक्किम राज्य चलचित्र बोर्डकी अध्यक्ष पूजा शर्माले देशको नेतृत्वमा गर्दै पेविलियोन उदघाटन समारोह र प्यानलमा अंशग्रहण गरिन्। उदघाटन समारोहमा भारत सराकरको सूचना तथा मत्सय पालन, पशुपालन डा. एल मुरूगन सहित भारतीय प्रतिनिधिमण्डलमा चलचित्र निर्माता मधुर भण्डारकर, अभिनेत्री सारा अली खान, ईशा गुप्त र उर्वसी राउतेलाको पनि उपस्थिति रहेको थियो। यस अवसरमा पूजा शर्मा द कम्प्लीट फिल्मिङ डेस्टिनेशन” शीर्षक अन्तर्गत भारतमा चलचित्रको छायाङकन र चलचित्र निर्माणको सत्रमा भाग लिइन्। उनले उत्तरपूर्वी भारत चलचित्र छायाङकनको निम्ति गणतन्वयरूपमा चिनिने र सिक्किम सरकारले चलचित्र क्षेत्रलाई बढावा दिने उद्देश्यले विभिन्न पहलहरू शुरू गरेको अवगत गराइन्।
भारतमा संघीय र राज्य सरकारहरू दुबै देशमा चलचित्रलाई सहज बनाउनका लागि धेरै पहलहरू गरिएको छ। चलचित्र छायांकन, पोस्ट-प्रोडक्सन वा डिजिटल तथा भिडियो इफेक्टका लागि होस्, निर्माताहरूलाई सुविधा र सहयोग प्रदान गर्न सरकार सक्रिय छ। रचनात्मक प्रतिभा र अत्याधुनिक उपकरणको प्रचुरताको साथ निजी उद्योगले पनि विभिन्नरूपमा सहयोग पुऱ्याउँदै आएको कार्यक्रममा अवगत गराइयो। यसबाहेक, संघीय र राज्य सरकारहरूले भर्खरै घोषणा गरेका प्रोत्साहन योजनाहरूले भारतमा फिल्महरू निर्माण गर्न आर्थिक रूपमा फाइदाजनक रहेको बताइयो।
बैठकमा भारतलाई पूर्ण छायांकन गन्तव्यका रूपमा स्थापित गर्न भइरहेका प्रयासबारे छलफल गरियो। केन्द्र र राज्य सरकारहरू साथै निजी क्षेत्रलगायत विभिन्न सरोकारवालाहरूले गरेका प्रमुख पहलहरूमा केन्द्रित थियो। भारतलाई चलचित्रको क्षेत्रमा गन्तव्यको रूपमा अझ प्रवर्द्धन गर्न र व्यापार गर्न सजिलो र कसरी सुधार गर्न सकिन्छ भन्ने प्रश्नहरूको जवाफ दिने उद्देश्य राखेको थियो।