एक्काईसौं शताव्दीको भारत: मुद्दा र चुनौती विषयमा सोनादा डिग्री कलेजमा राष्ट्रिय संगोष्ठी सम्पन्न

00-1-IMG-20230518-WA0226

सोनादा: सोनादा डिग्री कलेजको अनुसन्धान समिति एवम् आन्तरिक गुणवत्ता मूल्याङ्कन समिति( आई क्यु ए सी) को आयोजनामा एवम् रमेश बन्धु प्रकाशन सोनादाको सह संयोजनमा आज १८ मई २०२३ को दिन ‘एक्काईसौं शताव्दीको भारत: विविध मुद्दा र चुनौती’ विषयमा एक दिवसीय राष्ट्रीय संगोष्ठी कलेजका प्राचार्य डा. एल.पी. गुप्ताको अध्यक्षतामा सम्पन्न भयो। विशेष गरी कलेज र विश्वविद्यालयका विद्यार्थी र विधार्थीहरुको लागि सम्पन्न गरिएको उक्त संगोष्ठीमा विभिन्न कलेज र विश्वविद्यालयका विद्यार्थी र शोधार्थीहरूले देशको जलवायु परिवर्तन, वैदेशिक सम्बन्ध, सामाजिक, आर्थिक, राजनैतिक विविध विषयमा आ-आफ्ना कार्यपत्रहरु प्रस्तुत गरेका थिए। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका सुचना एवम् सांस्कृतिक विभागका भारप्राप्त सभासद तथा सोनादा पचेङ समष्ठिका सभासद अनोश थापा मुख्य अतिथि रहेका थिए। उनले आफ्नो सम्बोधनमा कलेजको यस्ता सराहनीय कार्यको प्रशंसा गर्दै यस्ता संगोष्ठीहरूले विद्यार्थीहरूलाई  पर्यावरण, राजनीति, अर्थनीति आदि विविध विषयमा सचेत गराउन सक्ने कुरो बताए। कलेजको विभिन्न समस्याहरुसंग आफू अवगत रहेको र स्थानीय सभासद हुनाका नाताले ती सबै समस्याहरूको समाधनार्थ आफूले सक्दो सहयोग पुर्याउने वचन दिँदै चाँडै जीटीएको तर्फबाट कलेजमा छात्रावास  निर्माण हुने कुरो बताए। आफ्नो स्वागत सम्बोधन राख्दै कलेजको आईक्युएसीका संयोजिका डा. रागिनी थापाले संगोष्ठीको औचित्य बारे सम्झाउदै विशेष कलेज, विश्वविद्यालयका विद्यार्थीहरूलाई सेमिनारप्रति आकृष्ट गराउन यो सेमिनार गरिएको बताए।

सेमिनार आयोजनाको लागि सभासद अनोश थापाले दिएको आर्थिक सहयोग र रमेश बन्धु प्रकाशनको सहयोगप्रति कलेजको तर्फबाट आभार प्रकट गरेका थिए। संगोष्ठीको की नोट स्पीकरको रूपमा सिक्किम विश्वविद्यालयका प्रोफेसर सेवास्टिन एन उपस्थित थिए। उनले वर्तमान समयमा विश्वको परिपेक्ष्यमा भारतका चुनौती र उपलव्धिहरू बारेमा गहन वार्ता प्रस्तुत गरेका थिए।  पूर्वाद्ध र उत्तरार्द्ध दुइ चरणमा विभाजन गरी  सम्पन्न गरिएको उक्त संगोष्ठीलाई संगोष्ठी प्रस्तोताहरूको संख्यालाई हेरेर  मुख्य रुपमा ६ सत्रमा विभाजन गरेका थिए। यी सत्रहरूलाई  दुइ चरणमा विभाजन गरी एकै समयमा कलेजको प्रेक्षागृह, आईसीटी कक्ष एक, दुइ, तीनमा सम्पन्न गरेका थिए। पूर्वाद्धमा प्रथम सत्रमा डा.छेपल शेर्पा (सह प्राध्यापक, राजनीति विज्ञान विभाग, सलेसियन कलेज, सोनादा)को  अध्यक्षतामा  ईसा थापा र थुप्देन तामाङ, (सलेसियन कलेज सोनादा),  दर्पण भण्डारी (कालेबुङ कलेज), निखिल छेत्री (सन्त जोसेफ कलेज दार्जीलिङ), प्रणय शर्मा अनि गोविन्द चौधरी (उत्तर बङ्ग विश्वविद्यालय), याङछेन भोटिया र वीरसिक्का राई(सोनादा डिग्री कलेज), दोस्रो सत्रमा डा. सचिन लिम्बु (सह प्राध्यापक, राजनीति विज्ञान विभाग,  अल्पाइन विश्वविद्यालय, नाम्ची) र डा. शरद गुरुङ (सह-प्राध्यापक, राजनीति विज्ञान विभाग, कालेबुङ कलेज)को सह अध्यक्षतामा सिवाया रसाईली (सोनादा डिग्री कलेज), निलिमा छेत्री र दिव्या थापा (उत्तर बङ्ग विश्वविद्यालय), अदिति खनाल र साहिल राई (कालेबुङ कलेज),  बिनिता  राई (जवाहरलाल नेहरू विश्वविद्यालय नयाँ दिल्ली),  तेस्रो सत्रमा प्रा. रवीन्द्रमणि प्रधान (श्यामपुर सिद्धेश्वरी महाविद्यालय, हावडा, कोलकता) र प्रा. मेरी बल (मिरिक कलेज)को सह अध्यक्षतामा श्रेया तामाङ (सिक्किम विश्वविद्यालय), याङ्जी  तामाङ (उत्तर बङ्ग विश्वविद्यालय), दित्या सुब्बा लिम्बु र मेलोङ दोर्जे तामाङ (मिरिक कलेज), आशिका राई र सुवर्णा दर्नाल (कालेबुङ कलेज)ले र मध्यान्ह भोजनपछि उत्तरार्द्ध चरणको चौथो सत्रमा डा. बरूण अधिकारी (पेदोङ सरकारी महाविद्यालय)को अध्यक्षतामा प्रणय पौड्याल र दीपेश कोइराला (पेदोङ सरकारी महाविद्यालय), सिद्धार्थ तामाङ (सलेसियन कलेज), नेहा राई (सोनादा डिग्री कलेज), अनमोल लामा (विश्व भारती, कोलकता), दर्शिका लामा (अतिथि प्राध्यापक, सोनादा डिग्री कलेज),  पाँचौं सत्रमा  डा. अनन्त स्वरूप र डा. बीजेन्द्र डी गुरुङ र बिनिता राई (शोधार्थी जेएनयु) को सह अध्यक्षतामा प्रत्युसराज कनौजिया र अदित्यराज कनौजिया (सोनादा डिग्री कलेज), अनमोल तामाङ(कालेबुङ कलेज),  योगिता तामाङ (खरसाङ कलेज), केया महन्त (उत्तर बङ्ग विश्वविद्यालय),  सुमित विश्वकर्मा (सन्त जोसेफ कलेज दार्जीलिङ) आशिष गुरुङ (सलेसियन कलेज, सोनादा), छैटौं  सत्रमा डा. प्रमेश छेत्री (सिक्किम मणिपाल विश्वविद्यालय) को अध्यक्षतामा अल्वर्ट मोथे (सिक्किम मणिपाल विश्वविद्यालय), उष्मिता बराईली, (सिक्किम मणिपाल विश्वविद्यालय), ग्लोरिया राई (सलेसियन कलेज, सोनादा) राहुल प्रधान (अधिवक्ता, दार्जीलिङ) आदिले संगोष्ठीको विषयको विविध पक्षलाई लिएर आ-आफ्ना कार्यपत्रहरू प्रस्तुत गरेका थिए। प्रत्येक सत्रमा अन्तरक्रियात्मक कार्यक्रम पनि भएको थियो। विद्यार्थीहरूद्वारा सोधिएका प्रश्नहरुलाई कार्यपत्र  प्रस्तोताहरू र सत्राध्यक्षहरूले थप जानकारीहरूका साथमा बुझाउने प्रयास गरेका थिए। विभिन्न शैक्षिक, सामाजिक, साहित्यिक, राजनैतिक, सांस्कृतिक, वैज्ञानिक आदि संस्थानहरूले विभिन्न प्रकारका सेमिनारहरूको आयोजना गर्ने गर्छन् तर हामीले केवल विद्यार्थी र शोधार्थीहरूलाई मात्र कार्यपत्र प्रस्तुत गर्ने अवसर दिएर उनीहरूको  शोध गर्ने कौशलको विकास गर्ने उद्देश्य रहेको कुरो बताउदै संगोष्ठी एवम् कलेजको अनुसन्धान समितिका संयोजक  डा. कोमल कौशिक बरालले उपस्थित सत्राध्यक्ष र कार्यपत्र प्रस्तोताहरू लगायत  सभासद  अनोश थापा,  रसिक छेत्री, रमेश बन्धु प्रकाशन सोनादा र अन्य सहयोगीहरूलाई धन्यवाद दिएका  थिए। कलेजमा  यस प्रकारको संगोष्ठीको आयोजनाले विद्यार्थीहरुको वौद्धिक विकासमा वृद्धि हुने कुरोमा विश्वस्त बन्दै प्राचार्य डा. एल. पी. गुप्ताले संगोष्ठीको आयोजनाको लागि कलेजको अनुसन्धान समितिको प्रशंसा गरेका थिए।  प्रा. रतिका सुब्बाद्वारा  सञ्चालित उक्त संगोष्ठीको सुअवसरमा कलेजका विद्यार्थीहरूले सामूहिक नृत्य र गीत पनि प्रस्तुत  गरेका थिए।  संगोष्ठीका प्रमुख अतिथि, सत्राध्यक्षहरू लगायत कार्यपत्र प्रस्तोताहरू सबैलाई स्मृति चिन्ह  र प्रमाण पत्र पनि  प्रदान गरिएको थियो। यस बारेमा सोनादा  डिग्री कलेजबाट प्रा. मेघनाथ छेत्रीले प्रेस विज्ञप्तिद्वारा जानकारी दिएका हुन्l

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement