पूजा शर्मा कान्स फिल्म फेस्टिभलमा इण्डियन पेजिलियनको उद्घाटन समारोहमा सहभागी बनिन्

si-4

गान्तोकः सिक्किम फिल्म प्रमोशन बोर्डकी चेयरपर्सन पूजा शर्मा कान्समा आयोजित ७६औं कान्स फिल्म फेस्टिभलमा इण्डियन पेभिलियनको उद्घाटन समारोहको महत्वपूर्ण प्यानल चर्चामा सहभागी बनिन्। उनी भारतीय प्रतिनिधि टोलीका साथ फिल्म फेस्टिभलमा सहभागी बनेकी हुन्।

इण्डियन पेभिलियनको उद्घाटन भारत सरकारको सूचना एवं प्रसारण राज्य मन्त्री डा. एल. मुरुगनले गरेका थिए। डा. मुरुगनले कान्समा भारतीय प्रतिनिधि टोलीको प्रतिनिधित्व गरिरहेका छन्। उद्घाटन समारोहमा फिल्म निर्माता मधुर भण्डारकर, अभिनेत्री सारा अली खान, इशा गुप्ता, उर्वशी रौटेला पनि सहभागी बनेका थिए। चेयरपर्सन शर्मा भारतमा फिल्म शूटिङ र फिल्म निर्माण सत्रमा सहभागी बनिन्। उनले पूर्वोत्तर भारतमा फिल्म शूटिङका अवसरहरू र यसका विशिष्टतामाथि प्रकाश पारिन्। यसैगरी, उनले सिक्किम सरकारले फिल्म अनि मनोरञ्जन क्षेत्रको विकासका लागि गरेका कतिपय पहलहरूको बारेमा पनि जानकारी गराइन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement