सिलगढी: एक दर्दनाक सडक दुर्घटनामा फूलबारी १ नम्बर ग्राम पञ्चायतको कमरांगागढी क्षेत्रका एक टोटो चालकको मृत्यु भएको छ। मृतकको नाम रञ्जन सरकार हो। बुधवार साँझ सिलगढी जाने क्रममा कमरांगागढीका रञ्जन सरकार उत्तरकन्या अगाडिको ओभरब्रिजमा एउटा सानो कारसँग ठोक्किएर सडकमा टोटो पल्टिएको बताइएको छ । तत्कालै फुलबारी चौकीका ट्राफिक पुलिस जवानले घटनास्थलमा पुगेर गम्भीर अवस्थामा उनलाई उद्धार गरी उत्तर बङ्गाल मेडिकल कलेज अस्पताल पुऱ्याएका थिए। केही समयपछि उनको त्यहीँ मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। पुलिस यस विषयमा अनुसन्धान थालेको छ ।