विद्युतीय वाहनको पहाडी क्षेत्रमा सफलतापूर्वक परिक्षण

IMG-20230518-WA0241.jpg

गान्तोक: राज्यको विद्युत विभाग एक राज्य निर्दिष्ट एजेन्सी, सिक्किम सरकार ब्यूरो अफ एनर्जी इफिशियन्सी, विद्युत मन्त्रालय, भारत सरकारको नेतृत्वमा सिक्किमको उचाइमा इलेक्ट्रिक कारहरूको सहनशीलता र व्यवहार्यता परीक्षण र हिमालहरूमा यसको अनुकूलताको एक भागकोरूपमा परिक्षण कार्य सम्पन्न भयो। ई-मोबिलिटी कार्यक्रम अन्तर्गत सिक्किममा विद्युतीय सवारी साधन र यसको उपयोगितामा दिगो ईन्धन दक्षताको जागरूकता अभियान शुरू गरिएको हो। सम्वन्धित विभागका मुख्य अभियन्ता पेम्बा लेप्चा, अतिरिक्त अभियन्ता र सम्पूर्ण टोलीले १७ मईको दिन बाइपासदेखि नथुलासम्मको यात्रा शुरू गरेको हो। यस यात्रामा स्थानीय साथै पर्यटकहरूलाई विद्युतीय सवारी र यसको महत्त्व बारे सचेत गराउने उद्देश्यले विद्युतीय वाहनको शुरूवात गरेको हो। गान्तोकस्थित बाइपासको ५ हजार ४ फिटदेखि शुरू भएको यस वाहन १४ हजार १४० फिटसम्म पुग्दा ७० प्रतिशत व्याटरी खर्च भएको थियो। गान्तोकदेखि नथुलासम्मको ४० किलोमिटरको यात्रा गर्दा सत्तर प्रतिशत ब्याटरी खर्चित भएको जानकारी गराएको छ।

राज्य सरकारले एजेन्सीवाई आगामी दिनमा विद्युतीय सवारी साधन निर्माता र मन्त्रालयमा पनि आफ्नो प्रतिवेदन बुझाउने जानकारी गराएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement