१८ मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा युनाइटेड ब्रदर्सले आफ्नो विजयाभियान जारी राख्यो । स्थानीय मेला ग्राउण्डमा बिहीवार खेलिएको रोमाञ्चक म्याचमा युनाइटेड ब्रदर्सले हिमालश्री एथलेटिक क्लबलाई २-१-ले पराजित गऱ्यो। म्याचमा डेण्डुप भूटियाले पाँचौं मिनटमै हिमालश्री एथलेटिक क्लबलाई बढ़त दिलाए। त्यसपछि सोनम लेप्चाले ३४औं अनि पछिबाट ८०औं मिनटमा लगातार २ गोल गरी गत सीजनको उपविजेता युनाइटेड ब्रदर्सलाई जीत दिलाए। विजेता टीमका कप्तान सोनम लेप्चालाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ। यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन एफसी, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। शुक्रवार खेलिने म्याचमा सुबोथ एफए (मंगपंग) र जर्जियन एफसी-बीच भिड़न्त हुनेछ। म्याच दिउँसो २.३० बजीदेखि शुरु हुनेछ।