गान्तोकः पूर्व सिक्किमको माखा नजिकमा एउटा निजी विद्यालयको बस दुर्घटना हुँदा कुल ४३ जना घाइते भएका छन्। दुर्घटना बिहिवार बिहान लगभग साढे नौ बजी भएको थियो। माखा ढाँडगाउँमा अवस्थि निजी विद्यालका विद्यार्थीलाई लिएर स्कूलतर्फ गइरहेको समय स्कूल बस सडक छोडेर लगभग २० मिटर तल झरेको थियो। दुर्घटनाका समय बसमा ४० जना विद्यार्थी र चालकसहित तीनजना स्टाफ सवार थिए। दुर्घटना पछि स्थानीय मानिस र यात्रुहरू मिलेर सबै घाइतेहरूलाई उपचारका लागि सिङ्ताम जिल्ला अस्पताल पठाइएको थियो जहाँबाट १८ जनालाई गान्तोक रेफर गरिएको छ।
अहिले पाँच जनाको सेन्ट्रल रेफरल अस्पताल मणिपाल र १३ जनाको उपचार एसटीएनएम अस्पतालमा चलिरहेको छ। घाइते विद्यार्थी सबैको उमेर ५ देखि सात वर्षको रहेको बताइएको छ। तीनजना विद्यार्थीको टाउको चोट लागेको छ, तथापि उनीहरूको अवस्थामा सुधार आएको पुलिसले जानकारी दिएको छ।