मन्त्री लामाले लिए घाइते विद्यार्थीहरूको स्थितिको जानकारी

IMG-20230518-WA0238.jpg

गान्तोकः पूर्व सिक्किमको माखा सिङ्बेलमा बिहिवार बिहान बस दुर्घटनामा परेर घाइते विद्यार्थीहरूलाई राजधानी गान्तोकको एसटीएनएम साथै मणिपाल अस्पतालमा भर्ना गरिएको छ। मुख्यमन्त्रीको निर्देशनमा मन्त्री सोनाम लामाले अस्पताल पुगेर विद्यार्थीहरूको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन्। यस अवधि मन्त्री लामाले छात्रहरूको उपचारमा लाग्ने खर्च सबै सरकारले बेहोर्ने वचन दिए। घाइते छात्रहरूको राज्य बाहिर उपचार गराउन लैजानु परेको खण्डमा पनि सरकार तयार रहेको उनले जानकारी गराएका छन्। उल्लेखनीय छ, आज बिहान भएको बस दुर्घटनामा ४३ जना घाइते भएका छन्, जसमा अधिकांश विद्यार्थी नानीहरू सामेल छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement