जग्गाको नक्कली कागजपत्र बनाएर बिक्री गर्ने फुलबारीबाट २ भूमाफिया पक्राउ

e547776f-b201-4176-907b-9895b7896469

सिलगढी: सिलगढी महानगरपालिकाको नयाँ जलपाइगढी थानाको पुलिसले जग्गाको नक्कली कागजात बनाएर बेच्ने दुई भू-माफियालाई पक्राउ गरेको छ। अभियुक्तहरूको पहिचान नूर अली र महबूब आलमको रूपमा गरिएको छ। दुवै बाबु छोराको सम्बन्धमा छन् । यी बाबु छोराले लामो समयदेखि एउटै जग्गाको नक्कली कागजपत्र बनाएर पटक–पटक बिक्री गर्दै आएका थिए। दुवै जना यसअघि नै पक्राउ परेका थिए । केही दिनअघि सिलगढीको बाबुपाडा निवासी मृत्युञ्जय मित्रलगायत धेरैले यी दुईविरुद्ध जग्गा विवादमा मुद्दा दायर गरेका थिए। त्यसपछि मे ११ मा महेश अग्रवाल नामका अर्का व्यक्तिले यी दुई व्यक्तिविरुद्ध नयाँ जलपाइगढी थानामा एउटै जग्गा बेचेको उजुरी दिएका थिए। सो उजुरीका आधारमा पुलिसले बिहीबार बिहान सिलगढी सहर नजिकैको फुलबारीको कमरांगागुरीबाट उनीहरूलाई पक्राउ गरेको हो । बिहीबार नयाँ जलपाइगढी थानाको पुलिसले दुवै आरोपीलाई जलपाइगढी अदालतमा पठाएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement