अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प, मृतकहरुको संख्या ९५० पुग्यो

Afghanistan-Earthquake-1

काबुल: अफगानिस्तानमा आज बिहान गएको भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ। सञ्चारमाध्यमका अनुसार ६.१ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ९५० जनाको मृत्यु भएको छ भने ६०० भन्दा बढी घाइते भएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको खोस्त शहरबाट ४० किलोमिटर टाढा रहेको थियो। अर्कोतर्फ युरोपेली भूमध्यसागरीय भूकम्प मापन केन्द्रले यस भूकम्पको प्रभाव ५०० किलोमिटरको दायराभित्र रहेको जनाएको छ। जसका कारण अफगानिस्तान, पाकिस्तान र भारतमा भूकम्पको धक्का महसुस गरिएको थियो। यसअघि मङ्गलबार राति पाकिस्तानमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो। यहाँ दिउँसो २:२४ बजे ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो। राहतको कुरा के छ भने पाकिस्तानमा गएको भूकम्पमा कुनै पनि जनधनको क्षति भएको छैन। यसबाहेक मलेसियामा पनि राति अबेरसम्म भूकम्पको धक्का महसुस गरिएको छ। यहाँ ५.१ रेक्टर स्केलको भूकम्प गएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement