लेप्चा भाषालाई मान्यता दिन पर्ने मागमा ज्ञापन

6ceeaf8b-c6b5-476d-8fe0-98c7b09cf6e1


सामसिङः आज गोरुबथान ब्लक अन्तर्गत पर्ने सामसिङ ग्राम पञ्चायतमा लेप्चा भाषालाई भारतको संविधान अनुरुप आठौँ अनुसूचिमा मान्यता दिओस भनी एउटा ज्ञापन पत्र चढाएको छ। गत केही महिना अघि विधायक शान्ता छेत्रीद्वारा राज्यसभामा लेप्चा जातिको लिपी साथै सांस्कृति, साहित्य बिषयमा कुरा उठाएकी थिइन। यसै विषयलाई सम्पूर्ण लेप्चा समुदायले गम्भीरतापूर्वक लिँदै अगाडि बढिरहेका छन्। सम्पूर्ण सामसिङ ठुमद्वारा विधायक शान्ता छेत्रीलाई यसको निम्ति साधुवाद जनाएका छन्।
सामसिङ मण्डल क्योङले पनि आफ्नो जातिको निम्ति गम्भीर रहेको छ। आफ्नो भाषा, सांस्कृति, साहित्य बिषयलाई जोगाएर राखेको छ। जातिको निम्ति आगामी दिनमा पनि गम्भीर रहनेछ। हामी सबै लेप्चा समुदाय एक भएर आफ्नो भाषाको आन्दोलनलाई जति सक्दो टेवा पुऱ्याउने आह्वान गरेको रुपेन लेप्चाले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement