कांग्रेसद्वारा कर्नाटक मुख्यमन्त्रीको नाम घोषित, कमान सिद्धारमैयाको हातमा

00-1-Kranataka-New-CM-Siddaramaiah

नयाँ दिल्ली: सिद्धारमैयालाई कांग्रेसले कर्नाटकको कमान सुम्पिएको छ। जबकि डीके शिवकुमारलाई उपमुख्यमन्त्री बनाइएको छ। यस सन्दर्भमा बिहीबार कांग्रेस मुख्यालयमा आयोजित एक प्रेस वार्तामा पार्टी महासचिव केसी वेणुगोपालले जानकारी गराए। वेणुगोपालले भने, ‘हाम्रा दुवै नेताहरू सिद्धारमैया र शिवकुमारमा राज्यलाई संचालन गर्ने क्षमता छ। कर्नाटक चुनावमा दुवैले कठोर मिहेनत गरेका छन्l’ यस अवस्थामा पार्टीले सिद्धारमैयालाई मुख्यमन्त्री र डीके शिवकुमारलाई उपमुख्यमन्त्री बनाउने निर्णय लिएको छ।

डीके शिवकुमार संसदीय चुनावको अन्तसम्म कर्नाटक प्रदेश कांग्रेस कमिटी (पीसीसी)-का अध्यक्ष पदमा रहने जानकारी गराउँदै वेणुगोपालले अघि भने, ‘आगामी २० मईमा शपथ ग्रहण समारोहको आयोजन हुनेछ, जसमा मुख्यमन्त्री र उपमुख्यमन्त्री सहित अन्य मन्त्रीहरूको समूहले शपथ ग्रहण गर्नेछन्। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement