मेदनीपुर विस्फोट: पटाका कारखानाका मालिक भानु बाग कटकबाट पक्राउ

Blast-2-copy

कोलकाता: पश्चिम बंगालको पूर्व मेदिनीपुर जिल्ला अन्तर्गत एगरामा अवस्थित एक पटाका कारखानामा विस्फोट भएपछि नौजनाको ज्यान गएको मामिलामा मुख्य आरोपी कारखाना मालिक कृष्ण पद बाग उपनाम भानुलाई ओडिशाको कटकबाट पक्राउ गरिएको छ। राज्य सीआईडीको विशेष टीमले उसलाई बिहीवार भोर बिहान पक्राउ गरेको छ तथा उसको छोरालाई पनि हिरासतमा लिइएको छ। घटनापछि दुवै बाबु-छोरा भागेका थिए।

उल्लेखनीय छ, एगराको खादीकुल गाउँमा मंगलवार दिउँसो लगभग १२:३० भएको विस्फोटमा परी नौजनाको मृत्यु अनि सातजना घाइते भएका थिए। घाइतेहरूमध्ये दुईजनाको अवस्था गम्भीर छ जसलाई कोलकाताको एसएसकेएम अस्पतालमा भर्ती गरिएको छ। थाहा लागे अनुसार आरोपी भानुले चालीस वर्षभन्दा अधिक समयदेखिकै पटाका कारखाना संचालन गर्दै आइरहेका थिए। भाजपाले कारखाना विस्फोटको मामिलामा एनआईएद्वारा जाँच गराउनुपर्ने माग गरेको छ भने मुख्यमन्त्री ममता ब्यानर्जीले सीआईडीलाई जाँचको आदेश दिएकी छन्। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement