अवैध रूपमा बालुवा बोकेको डम्पर र त्यसका चालक पक्राउ

IMG_20230518_185550.png

बाघडुग्रा: अवैध रूपमा बालुवा बोकेको डम्परसितै एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति राजु खवासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार बाघडुग्रा थाना पुलिसले घोषपुकुरबाट बाघडुग्रातर्फ आइरहेको बालुवा बोकेको एउटा डम्परलाई रोकेर बालुवाको वैध कागजपत्र माग्दा सो देखाउन नसकेपछि पुलिसले डम्परलाई आफ्नो नियन्त्रणमा लिएर बाघडुग्रा थानामा लगेको बताइएको छ। घटनामा डम्पर चालकलाई पनि पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरियो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement