कोलकाता: नियुक्ति भ्रष्टाचार मामिलामा कलकत्ता उच्च अदालतले अभिषेक ब्यानर्जीलाई भारी जरिमाना भर्ने आदेश दिएको छ। तृणमूलबाट निष्कासित नेता कुन्तल घोषको चिट्ठीसित सम्बन्धित मामिलामा उच्च अदालतले बिहीबार यो फसेला सुनाएको छ। जस्टिस अमृता सिन्हाले अभिषेक र कुन्तल दुवैलाई २५-२५ लाख रूपियाँ जरिमाना भर्ने निर्देश दिइन्।
कुन्तलले आरोप लगाएअनुसार उनीमाथि भर्ती मामिलामा अभिषेकको नाम लिने दबाव बनाइँदैछ। उनले हेस्टिङ्ग्स थानालाई एउटा पत्र पनि लेखेका थिए, जसमा यस सम्बन्धमा हिरासतमा उनीसित कुटपिट गरिएको भनिएको थियो। यो मामिला सर्वोच्च अदालत पुग्यो। यसपछि पुनः उच्च अदालतमा पठाइयो। मामिला न्यायमूर्ति अभिजीत गंगोपाध्यायदेखि न्यायमूर्ति सिन्हाको पीठलाई स्थानान्तरित गरियो। यही मामिलामा बिहीवार फसेला आएको छ। न्यायमूर्ति सिन्हाले मामिलामा न्यायमूर्ति गंगोपाध्यायको आदेशलाई कायम राखिन् अनि अभिषेक र कुन्तल दुवैलाई २५-२५ लाख रूपियाँको जरिमाना भर्ने आदेश पनि दिइन्। यद्यपि, जरिमाना किन लगाइएक हो, अहिले यो स्पष्ट छैन।
अभिषेकले २९ मार्चमा कोलकाताको शहीद मीनारमा छात्र र युवा तृणमूलको एउटा ऱ्यालीमा भनेका थिए, जब मदन मित्रा र कुणाल घोष जस्ता नेता केन्द्रीय एजेन्सीको हिरासतमा थिए, तब उनीहरूमाथि पनि मेरो नाम लिने दबाव बनाइएको थियो। संयोगले भोलिपल्ट कुन्तललाई अदालतमा पेश गरियो र अदालतमा प्रवेश हुनसाथ कुन्तलले उनीमाथि पनि अभिषेकको नाम भर्ती मामिलामा लिने दबाउ बनाईऱहेको दाबी गरे। -हिस