मणिपुरः असम राइफल्सद्वारा हिंसाग्रस्त क्षेत्रमा फसेका चार नेत्रहीन विधार्थीहरू सुरक्षित उद्धार

00-1-Rashtriya-Samachar-12

इम्फाल: मणिपुरमा जाति संघर्ष भएको कारण परिवारहरूका सदस्यहरू एक-अर्कादेखि छुट्टिएका छन्। धेरै स्थानीय मानिसहरू विस्थापित भएका छन्। ज्वालामुखी सेक्टर असम राइफल्सको तामेङलोङ बटालियनले हिंगाग्रस्त काकचिङबाट काकपोकपी मिशन ब्लाइन्ड स्कूलका नागा विधार्थीहरूलाई सुरक्षित निकाल्यो। असम राइफल्सको स्रोतहरू अनुसार, विद्यार्थीहरूका आमाबाबुको सूचनामा असम राइफल्स बटालियनका महिला कर्मीहरूले काकचिङबाट इम्फालज जाने बाटोमा असम राइफल्सको स्थानीय एकाईहरूको साथ समन्वय गरी तीन केटी र एक केटासहित चार नेत्रहीन छात्रहरूलाई त्यहाँबाट निकाल्नमा महत्वपूर्ण भूमिका निभायो। बटालियनका जवानहरूले १७ मईमा तामेङलोङ र नोनीमा विधार्थीहरूलाई उनीहरूको घरसम्म पुऱ्याए। उद्धारमा विधार्थीहरूलाई भोजन, चिकित्सा सहायता र अन्य सुविधाहरू पनि प्रधान गरियो। उनका आमाबाबुले असम राइफल्सलाई उसको मानवीय कारबाहीको निम्ति हृदयबाट धन्यवाद दिए। -हिस   

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement