बोगोटा: दक्षिण अमेरिकी देश कोलम्बियामा विमान क्र्याश भएको दुई सातापछि चार जना नानी जीवित भेटिएका छन्। यी नानीहरू जंगलमा भट्किरहेका थिए। कोलम्बियाको अमेजनमा यही महिना १ मईमा विमान दुर्घटनाग्रस्त भएको थियो। यस दुर्घटनामा तीन जनाको ज्यान गएको थियो। विमानमा सवार अन्य यात्रीहरूको खोज लगातार जारी थियो।
कोलम्बियाका राष्ट्रपति गुस्तावो पेट्रोले स्वयं जानकारी दिएअनुसार दुर्घटना भएको दुई सातापछि चार जना नानी जीवित पाइएका छन्। सेनाले कठिन खोज अभियान चलायो र अन्ततः सफल पनि भएको छ। घना कोलम्बियाई जंगलमा चार जना नानी जीवित भेटिएका छन्, यसमध्ये एक ११ महिनाको नानी छ। यस अभियानमा सयभन्दा धेरै सैनिकहरूलाई स्निफर डगको साथ लगाइयो। यस अभियानमा एउटा नानीको पानीको बोतल र आधा खाएको फल फेला पर्दा खोजी दलको आशा जाग्यो। यसपछि अभियान तीव्र गरियो। यी नानीहरू दक्षिणी केक्वेटाको जंगलमा भट्किरहेका थिए। यी नानीहरूमा अन्य तीन नानी चार, नौ र तेह्र वर्षका छन्। यअघि सोमबार र मंगलबार सैनिकहरूले पायलट र दुई वयस्कको शव उद्धार गरेका थिए। मृत यात्रीहरूमध्ये एक मुकुतुय चार सन्तानको आमा थिइन्। -हिस