अण्डर-१४ बोइज लीगः आधा दर्जन गोलको साथ म्याच जित्यो कार्मेल हाई स्कूलले

IMG-20230518-WA0146.jpg

१८ मईः खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित महकुमा स्तरीय अण्डर-१४ बोइज फूटबल लीगको पाँचौं म्याचमा कार्मेल हाई स्कूलले आधा दर्जन गोलको साथ एकतर्फी जीत हासिल गऱ्यो । स्थानीय चानमारी खेल मैदानमा बिहीवार भएको म्याचमा कार्मेल हाई स्कूलले हिमाली बोर्डिंग स्कूललाई ६-१-ले पिट्यो। विजेता टीमबाट ९ नम्बर जर्सीधारी खेलाड़ीले ह्याट्रिक गरे। आजको म्याचमा मुख्य रेफरी आभास प्रधान रहेका थिए। यसरी सहायकको रूपमा सलीम गुरुङ र सत्यम थापा थिए। फोर्थ अफिसियल नितेश देवान थिए। खरसाङ महकुमाबाट जम्मा ५ वटा टीमले लीगमा हिस्सा लिएको छ। यसमा हिल्स फूटबल एकाडमी, जेआर३२ फूटबल एकाडमी, हिमाली बोर्डिंग स्कूल, कार्मेल हाई स्कूल र पुष्परानी रोय मेमोरियल हाई स्कूल सामेल छ। लीगका सबै म्याचहरू स्थानीय चाँदमारी मैदानमा हुनेछ। शुक्रवार कुनै म्याच छैन। शनिवार खेलिने म्याचमा कार्मेल हाई स्कूल र जेआर ३२ फूटबल एकाडमीबीच भिड़न्त हुनेछ। म्याच दिउँसो १ बजीदेखि शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement