नयाँ दिल्ली: केन्द्रीय मन्त्री किरेन रिजिजूको स्थानमा अर्जुन राम मेघवाललाई कानून मन्त्रालयको कार्यभार सुम्पिइएको छ भने किरेन रिजिजूलाई पृथ्वी विज्ञान मन्त्रालयको जिम्मेवारी सुम्पिइएको छ। राष्ट्रपतिका प्रेस सचिवले बिहीवार उपरोक्त आशयको जानकारी गराए। प्रेस सचिव अजय कुमार सिंहले भने, ‘राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्री नरेन्द्र मोदीको सल्लाह अनुरूप मन्त्रालयहरूमा फेरबदल गर्ने अनुमति दिएकी छन्l’
राष्ट्रपति भवनद्वारा साझा गरिएको जानकारीअनुसार पृथ्वी विज्ञान मन्त्रालयको कार्यभार किरेन रिजिजूलाई सुम्पिइएको छ। जबकि अर्जुन राम मेघवाललाई कानून औ न्याय मन्त्रालयमा राज्य मन्त्रीको रूपमा स्वतन्त्र प्रभार सुम्पिइएको छ। उल्लेखनीय छ, पछिल्ला दिनहरूमा केन्द्रिय मन्त्री किरण रिजिजूका केही यस्ता बयानहरू आएका थिए जसमा उनले न्यायपालिकाको कामकाजमाथि प्रश्नचिन्ह लगाएका छन्। -हिस










