हरियाणाको अम्बालाबाट भाजपा सांसद रतनलाल कटारियाको निधन

00-1-BJP-MP

चण्डीगढ़: हरियाणाको अम्बालाबाट भाजपा सांसद एवं पूर्व केन्द्रीय मन्त्री रतनलाल कटारियाको बिहीबार बिहान पीजीआई चण्डीगढ़मा निधन भयो। उनले ७२ वर्षको आयुमा अन्तिम सास लिए। उनी केही समयदेखि अस्वस्थ थिए। उनको निधनपछि भाजपाले आफ्नो एक प्रखर वक्ता एवं दलित नेता गुमाएको छ। उनको गणना हरियाणामा पूर्व प्रधानमन्त्री स्व. अटल बिहारी वाजपेयीको टोलीका एक प्रमुख नेताहरूको रूपमा हुँदै आएको छ।

भाजपा नेता कटारियाको जन्म १९ दिसम्बर, १९५१ मा हरियाणाको यमुनानगर जिल्लाको संधली गाउॅंमा भएको थियो। पाँच दशकअघि राष्ट्रिय स्वयंसेवक संघबाट सार्वजनिक जीवन शुरू गर्ने कटारियाले हरिजन कल्याण निगमको अध्यक्ष र गुरु रविदास सभाको अध्यक्ष पद सम्हाले। रतन लाल कटारियालाई लगभग दुई महिना अघि ज्वरो आएको थियो। त्यसपछि फोक्सोमा समस्याका कारण पीजीआई चण्डीगढ़ीमा भर्ती गरिएको छ। यहाँ लगभग डेढ़ महिना उनको उपचार चल्यो। कटारियाको निधनमा शोक व्यक्त गर्दै मुख्यमन्त्री मनोहर लालले पार्टीले एक जुझारू नेता गुमाएको बताएका छन्। -हिस   

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement