उत्तर प्रदेशबाट गुजरात गइरहेको बस मध्य प्रदेशमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु

00-1-Accident

शाजापुर: मध्य प्रदेशको शाजापुर जिल्लाअन्तर्गत मक्सी-उज्जैन मार्गमा बिहीबार बिहान लगभग साढ़े तीन बजे एउटा बस, ट्रालासॅंग ठोकियो। तीन यात्रीको दुर्घटना स्थलमै मृत्यु भयो। दुई घाइतेले अस्पतालमा अन्तिम सास लिए। यस दुर्घटनामा १५ भन्दा धेरै घाइते भएका छन्।

बस माधवगढ़ (उत्तर प्रदेश) बाट अहमदाबाद गइरहेको थियो। बसमा यात्रा गरिरहेका मानिसहरू विवाहमा सामेल हुन गइरहेका थिए। उक्त जानकारी पुलिसले दिएको हो। मक्सी पुलिसअनुसार, यो दुर्घटना दोंगता छेउ भएको हो। मामला दायर गरिएको छ। सबै शव शाजापुर जिल्ला अस्पताल पठाइएको छ। बसमा ६० देखि ६२ यात्री थिए। दुर्घटनाको सूचना पाउन साथ तराना, कायथा र मक्सीका पुलिस बल घटना स्थल पुगे। थाना प्रभारी गोपाल सिंह चौहानले भने, ‘दुर्घटनाको सूचना बिहान पाँच बजे प्राप्त भयो। शारदा ट्राभल्सको बस ट्रालेसॅंग ठोकियो। बसको अगाडिको भाग पूर्णरूपमा क्षतिग्रस्त भएको छ। केही घाइतेहरू सड़कमा थिए भने अधिकांश बसभित्र थिए। केही यात्रीहरूले उनीहरूलाई बाहिर निकालियो। बस उत्तर प्रदेशदेखि अहमदाबाद गइरहेको थियोl’ –हिस  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement