कोलकाता: महानगर कोलकाता समेत राज्यका अन्य हिस्साहरूमा लगातार पानी परेको कारण मौसममा परिवर्तन भएको छ। बिहीबार मौसम विभागको तर्फबाट जारी गरिएको बयानअनुसार, कोलकातामा न्यूनतम तापक्रम २८.१ डिग्री सेल्सियस रेकर्ड गरिएको छ, जुन सामान्यभन्दा एक डिग्री धेरै छ, जबकि अधिकतम तापक्रम लगभग ३५.४ डिग्री सेल्सियस रहनेछ। बुधबार अबेर राति लगातार पानी परिरह्यो, जसले गर्दा मौसम चिसो भएको छ। कोलकाता बाहेक हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरूलिया, बांकुड़ासमेत राज्यका अन्य हिस्साहरूमा पनि यसरी नै पानी परिरहेछ। आज पनि बादल छाएको र रोकिन्दै पानी पर्नसक्छ। -हिस










