गान्तोकः विद्या भारती सिक्किमद्वारा सामदोङमा सञ्चालित शिशु विद्या निकेतनको सभा बुधवार विद्यालयमा बस्यो। विद्या भारती सिक्किमका संयोजक मोहन शर्माको विशेष उपस्थितिमा बसेको सभामा विद्यालय सञ्चालन समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सभामा संयोजक शर्माले समितिका सदस्यहरूसॅंग परिचय आदान-प्रदान गर्दै उनीहरूका जिम्मावारीको विषयमा अवगत गराए। सभामा आगामी ०२ जूनदेखि शुरू गरिने सङ्गीत कार्यशालाको विषयमा पनि चर्चा-परिचर्चा गरियो।
विद्यालय सञ्चालन समितिका सचिव कमल भट्टराईले विद्यालयका केही गम्भीर विषयहरूमाथि प्रकाश पारे भने आगामी दिनहरूमा एउटा सभा आयोजन गरेर यी विषयहरूलाई लिएर गहन छलफल गर्ने निश्चय गरियो।
-हिस










