सिलगढी: टाटा सुमो र ट्याक्टरको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँचजना गम्भीर घाइते भएका छन्। घटना बिहीबार बिहान खोरीबारीस्थित प्रसादुजोत एसियाली राजमार्ग–२ मा भएको हो। टाटा सुमो र ट्रयाक्टर एक आपसमा ठोक्किँदा दुर्घटना भएको जानकारी प्राप्त भएको छ। टाटा सुमो गुडिरहेको बेला त्यसको एउटा पाङ्ग्रा फुटेर नियन्त्रण गुमाएर अगाडिबाट आएको ट्याक्टरलाई ठक्कर दिएको थियो। दुर्घटनामा टाटा सुमोमा सवार एक यात्रीको घटनास्थलमै मृत्यु भएको छ भने ५ यात्री घाइते भएका छन्। पुलिसले राहत कार्यसँगै यस विषयमा अनुसन्धान गरिरहेको छ।










