काठमाडौं: नेपालका कामिरिता शेर्पाले सगरमाथाको २७ पटक आरोहण गरेका छन्। उनले हिजो बुधवार विहान सगरमाथा आरोहरण गरेका हुन्। सगरमाथाको आरोहरणसँगै कामिरिताले आफूले नै बनाएको किर्तिमान तोडेका छन्। शेर्पा ५४ वर्ष पुगे। उनले १९९२ बाट हिमाल आरोहरण सुरु गरेका हुन्। १४ मईमा पासाङ दावा शेर्पाले सगरमाथाको २६ पटक आरोहरण गरेर किर्तिमानी बराबरी गरेका थिए। ठिक तीन दिनपछि नै कामिरिताले किर्तिमान तोडेका छन्। नेपालमा वसन्तु ऋतुको यो वर्ष ११७६ जनाले हिमाल आरोहरण गर्ने अनुमति पाएका छन्। पर्यटन विभागका अनुसार, सगरमाथा चढ्न ४७८ पर्वतारोहीले अनुमति पाएका छन्। नेपालले हिमाल आरोहरणबाट ५८ लाख डलर रोयल्टी जम्मा गरेको छ। -हिस











