वर्तमान मणिपुर र मणिपुर हिंसा

00-1-Manipur-Violence-1

मणिपुर भारत स्थित त्यो राज्य हो जो भारतको उत्तरपूर्व भागमा पर्ने गर्दछ। उत्तरपूर्व भारतमा स्थित ८ वटा राज्य जसलाई ८ सिस्टर्स पनि भनिन्छ जो क्रमैले असम, अरुणाचल प्रदेश, नागाल्याण्ड, मिजोरम, मेघालय, सिक्किम, त्रिपुरा र मणिपुर यी राज्यहरूलाई ८ सिस्टर्स पनि भनिन्छ र मणिपुर पनि ८ सिस्टर्स राज्यभित्र पर्ने गर्दछ। मणिपुर लाइ स्वतन्त्र भारतका सबैभन्दा पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले “ज्वेल अफ् इण्डिया” अर्थात् भारत देशको रत्न भनेर पनि भनेका थिए। मणिपुरको शाब्दिक अर्थ पनि मणि अर्थात् बहुमूल्य रत्न र पुर अर्थात् ठाउँ र समग्रमा हेर्दा मणिपुरको अर्थ बहुमूल्य रत्नहरुको ठाउँ भन्ने बुझिन्छ। तर अहिलेको समयमा मणिपुरमा शान्ति छैन त्यहाँ धेरै हिंसात्मक घटनाहरूले उग्र रूप लिइरहेको छ र त्यहाँ हिंसा दिन प्रतिदिन बढ्दै गइरहेको छ। आजको दिनमा किन हिंसाको आगो मणिपुरमा दिन प्रतिदिन बढीरहेको छ? यसको निम्ति हामीले मणिपुरमा बसोबास गर्ने समुदायहरू बारे जान्नुपर्ने हुन्छ र त्यहाँको भौगालिक अवस्था बारे पनि बुझ्नु जरुरी छ। मणिपुर राज्यमा ३ समुदाय का मानिसहरू बस्ने गर्दछन् ती हुन् मैतय, नागा र कुकी।मणिपुरमा बसोबास गर्ने मैतय समुदाय मणिपुरमा सबैभन्दा धेरै जनसंख्या भएको समुदाय हो, यिनीहरूको जनसंख्या मणिपुरमा ५३ प्रतिशत रहेको छ र यिनीहरु अधिकांश हिन्दू धर्मावलम्बीका हुन्छन् र केही मात्रामा मुस्लिम धर्मावलम्वी मान्नेहरू पनि हुनेगर्दछन्। यसै गरी कुकी र नागा समुदायहरू जो जनजातिहरु हुन यिनीहरूको जनसंख्या मणिपुरमा ४० प्रतिशत रहेको छ २५ प्रतिशत कुकी जनजाति र १५ प्रतिशत नागा जनजातिl कुकी र नागा जनजातिहरु अधिकांस इशाई धर्मावलम्बी मान्नेहरू हुन्छन्। मणिपुरको भौगोलिक अवस्था बारे कुरा गर्नुपर्दा मणिपुरमा ९० प्रतिशत पहाडी क्षेत्र रहेको छ जुन पहाडी क्षेत्रमा कुकी र नागा जनजातिहरु बसोबास गर्ने गर्दछन् भने मणिपुरको १० प्रतिशत क्षेत्र मैदानी घाटी अर्थात् भ्याली क्षेत्र रहेको छ र उक्त मैदानी घाटी मा मैतय समुदाय बसोवास गर्ने गर्दछ।मणिपुरको राजनैतिक अवस्था बारे कुरा गर्दा मणिपुर विधानसभा क्षेत्रमा कुल ६० वटा विधायकको सिट रहेको छ जसमा ४० विधायक मैतय समुदाय बहुल क्षेत्रबाट चयन हुने गर्दछ भने २० अन्य जनजाति बहुल क्षेत्रबाट चयन हुनेगर्दछ। अहिलेसम्म मणिपुरमा १२ जाना मुख्यमन्त्रीहरु बने यी मध्ये खाली २ मुख्यमन्त्री मात्र जनजाति समुदायबाट बन्न सके। यसै गरी अघि नै भनिएको झै मणिपुर अधिकांश पहाडी क्षेत्र रहेको छ र मणिपुरमा पहाडी क्षेत्र ९० प्रतिशत रहेको छ भने मैदानी वा घाटी क्षेत्र मात्र १० प्रतिशत रहेको छ यहाँको ९० प्रतिशत पहाडी क्षेत्रमा मणिपुरमा बसोबास गर्ने जनजाति कुकी र नागा जनजाति बस्ने गर्दछन् भने यहाँको १० प्रतिशत रहेको मैदानी अथवा घाटी क्षेत्रमा यहाँको मूल बासिन्दा मैतय समुदाय बस्ने गर्दछ। यहाँ बसोबास गर्ने यहाँको कुकी, नागा जनजाति र मैतय समुदाय बीचको विवाद धेरै पुरानो र संवेदनशील हो। यहाँको मैतय समुदायको माग उनीहरूलाई पनि सरकारले जनजातिको दर्जा दिनु रहेको छ। मैतय समुदायले उनीहरूले पनि जनजातिको दर्जा पाउनुको निम्ति मणिपुर उच्च न्यायालयमा याचिका पनि दर्ता गरिसकेका छन्। मैतय समुदायहरूको मत रहेको छ कि १९४९ मा मणिपुर राज्यको भारतमा विलय भएको थियो र मणिपुर भारतमा विलिन हुनु भन्दा अघि मैतय समुदायलाई जनजातिको अधिकार प्राप्त थियो र उनिहरुको मत रहेको छ कि उनीहरूको भाषा, सभ्यता र संस्कृतिको संरक्षणको निम्ति मैतय समुदायलाई जनजातिको मान्यता प्राप्त हुन आवश्यक रहेको छ। मैतय समुदायले २०१२ मा जनजाति प्राप्त गर्नुको उद्धेश्यले एउटा समूह पनि बनाएको थियो जसको नाम सेड्यूल्ड ट्राइब डिमान्ड कमिटी अफ मणिपुर जसलाई छोटोमा “एसटीडीसीएम” पनि भनेर भनिन्छ। मैतय हरुको विचार रहेको छ कि मैतय हरुलाई बाहिरी अतिक्रमण देखि उनीहरूलाई बचाउनको निम्ति एउटा संवैधानिक सुरक्षा भएको एउटा कवचको आवश्यकता रहेको छ र मैतय‌हरुले भन्ने गर्छन कि मैतयहरुलाइ मणिपुरको पहाडी क्षेत्रबाट अलग गरिएको छ र जसलाई मणिपुरमा जनजातिको मान्यता प्राप्त छ जस्तै नागा, कुकी जनजातिहरु उनीहरूले मैतय समुदाय बहुल क्षेत्रहरू तिर जमीन किन्न सक्छन तर संग सँगैमा मैतय समुदायले मणिपुरको जनजाति बहुल क्षेत्रहरू जस्तै त्यहाँको जनजाति बहुल पहाडी क्षेत्रहरू तिर जनजाति समुदायको जमीन किन्न सक्दैनन् किनकी भारतमा गैर जनजातिले जनजातिको जमीन किन्न सक्दैनन् तर जनजातिले गैर जनजातिको जमीन किन्न सक्छन यसले गर्दा मणिपुरमा बसोबास गर्ने यहाँको रैथाने समुदाय मैतय समुदाय जो गैर जनजाति रहेको छ उनीहरूले मणिपुरमा नै बसो बास गर्ने जनजाति कुकी र नागा समुदायको जमीन किन्न सक्दैन तर सँगैमा नागा र कुकी जनजातिले यहाँको गैर जनजाति मैतय र अन्य गैर जनजातीय समुदायको जमीन किन्न सक्ने प्रावधान रहेको कारणले गर्दा मणिपुरमा मैतय समुदायहरूको जमीन दिन प्रतिदिन घट्दै गई रहेको छ यस कारणले गर्दा मैतय हरुले पनि जनजातिको माग गरिरहेका छन्। तर यसमा कुकी जनजातिहरूको भनाइ के रहेको छ भन्दा मैतय समुदाय मणिपुर राज्यमा एक सबल जनजाति रहेको छ, राजनीतिमा पनि अन्य समुदाय हेरी उनीहरूको दबदबा रहेको छ, मणिपुरमा उनीहरूको जनसंख्या पनि अन्य समुदाय हेरी धेरै छ, मैतयहरूलाई पछौटे वर्गको प्रावधान पनि रहेको छ जसको लाभ उनीहरूले उठाइरहेको छ र मैतय समुदायहरुको भाषा पनि भारतको संविधानको आठौं अनुसूचीमा मान्यता प्राप्त रहेको भाषा हो र यसले गर्दा उनीहरूको भाषा पनि संवैधानिक सुरक्षा प्राप्त गरेको भाषा भएको कारणले गर्दा उनीहरूलाई धेरै लाभ रहेको छ, यसै गरी मैतयहरु जनजाति नरहेको र सबै कुराहरूको लाभ मैतयहरुले प्राप्त नगर्नुपर्ने हो भन्ने र उनीहरूलाई जनजातिको मान्यता नदिनुपर्ने हो भन्ने कुकी जनजातिहरुको विचार रहेको छ। मणिपुरको राजधानी इम्फाल घाटीमा बसोबास गर्ने जनसमुदाय मैतय समुदाय माथि कुकी जनजातिहरुको मतानुसार त्यसै पनि पछौटे वर्गको मान्यता प्राप्त गरेको मैतय समुदाय आरक्षित समुदायहरू हो यसमा पनि मैतयहरुले जनजाति मान्यता प्राप्त गरेर अझ धेरै आरक्षण प्राप्त गरे मणिपुरमा कुकी र नागा जनजातिहरुलाई नौकरी पाउन र कलेज मा भर्ना हुनमा धेरै गाह्रो पर्ने हुन्छ फेरि मैतयहरुले जनजातिको मान्यता प्राप्त गरे मणिपुरको पहाडी भेगहरुमा बसोबास गर्ने जनजातिहरुको संरक्षित जमीन पनि असुरक्षित हुनसक्छ, यसले गर्दा मणिपुरमा बसोबास गर्ने कुकी र नागा जनजातीय समुदाय माथि मैतय जनजातिको अतिक्रमण हुनसक्ने कारणले गर्दा पनि मणिपुरमा कुकी र नागाहरु असुरक्षित हुन सक्छन् भन्ने कुराको डर त्यहाँका जनजातिहरुलाई छ।

हालैमा भइरहेको मणिपुरमा हिंसा पनि यही कारणहरूले गर्दा भएको हो मणिपुर उच्च न्यायलयले मैतय ट्राइब युनियन को याचिका माथी सुनुवाई गर्यो र न्यायलयले राज्य सरकारलाई भन्यो कि मैतय समुदायलाई जनजातिको दर्जा दिलाउनुको निम्ति विचार गरियोस् विगतको १० वर्ष सम्म उनिहरुको माग विचाराधीन रहेको छ र यस विषयमा कुनै सन्तोषजनक उत्तर नै आएको छैन र यसको उत्तर न्यायलयले ४ हप्ताभित्र बताउनेछ भनेर भने।न्यायलयले केन्द्र सरकारको यस विषयमा पनि विचार के रहेको छ त्यस विषयमा पनि केन्द्र सरकारबाट उत्तर मागेको छ। न्यायलयले मैतय समुदायलाई जनजातिको दर्जा दिने आदेश त दिएको छैन तर खाली अवलोकन गर्ने आदेश दिएको छ। तर यो कुरा पनि बाहिर आउन थालेको छ कि न्यायलयको अवलोकन लाई गलत तरिकामा हेरिएको छ। न्यायलयको अवलोकनको भोलिपल्ट “द हिल एरिया कमिटी अफ मणिपुर लेजिसलेटिभ एसेम्ब्ली”ले सर्व सम्मति द्वारा एउटा प्रस्ताव पारित गर्यो र भन्यो कि न्यायालय को यो आदेश सित उनीहरू दुखी छन् र उनीहरूको मत अनुसार “हिल एरिया कमिटी” एउटा संवैधानिक अंग हो र यस विषयमा उनीहरूसित सल्लाह परामर्श पनि गरिएन।मणिपुरको पहाडी क्षेत्रबाट चुनिएको विधायकहरु सबै” हिल एरियास कमिटी” का सदस्य हुनेगर्दछन् चाहे उनीहरू कुनैपनि राजनैतिक पार्टी सित सम्बन्धित होस्। ३ मईको दिन अल ट्राइबल स्टुडेन्ट्स युनियन मणिपुरले एक जुलुसको आयोजना गरेको थियो जुन जुलुसलाई त्यो जुलुसमा सहभागिता हुने र उक्त जुलुसलाई समर्थन गर्ने मानिसहरूले आदिवासी एकजुटता जुलुसको नाम दिएको थियो। उक्त जुलुस मणिपुरको राजधानी इम्फाल देखि ६५ किलोमिटर टाढा चुराचन्दरपुर स्थित तोरबंग भन्ने ठाउँमा आयोजना भएको थियो। उक्त जुलुसमा धेरै संख्यामा मानिसहरूको सहभागिता रहेको थियो र यही समयमा नै जनजाति समूह र मैतय समूह बीच तनाव सुरु भयो। उक्त तनाव झडपमा परिणत भयो र यसले हिंसात्मक रुप लियो र उक्त हिंसा मणिपुरको अन्य ठाउँहरूमा पनि फैलिन थाल्यो तर हिंसाको कारण अन्य गतिविधिहरूलाई पनि मानिदैछ त्यहाँको सरकारको पक्ष भएका मानिसहरूले भन्दैछन् कि मणिपुरमा बस्ने पहाडी समुदाय का जनजातिहरुले आफ्नो लाभको निम्ति त्यहाँका वर्तमान मुख्यमन्त्री निङथोमबाम बिरेन सिंहलाई सत्ताबाट हटाउन चाहन्छन किनकी त्यहाँको मुख्यमंत्री ले लागू पदार्थ विरुद्ध धेरै काम गरिरहेका छन् र मणिपुर देखि लागू पदार्थलाई हटाउनको निम्ति धेरै जोर शोर ले खटिरहेका छन्। मणिपुर प्रदेशमा निङथोमबाम बिरेन सिंहको सरकारले अफिमको खेतीलाई धेरै नष्ट गरिरहेका छन् र सरकारले अफिमको खेती नष्ट गरेको कारण म्यानमारको अवैध प्रवासीहरुलाई पनि धेरै मार्का परिरहेको थियो र जो मणिपुरमा अवैध प्रवासीहरु रहेका छ्न् उनीहरू कुकी र जोमि जनजाति समुदायको रहेका छन्। २ मई को दिन मणिपुरका मुख्यमन्त्रीले ट्वीट गरेका थिए र उक्त ट्विटमा उनले के लेखेका थिए भने “मणिपुर स्थित चुराचन्द्रपुरमा १६ किलो अफिम पुलिसले बरामद गरेको थियो यसमा नै मुख्यमन्त्रीले थप लेखेका थिए की यसप्रकारको नशालु पदार्थको खेती गर्ने मानिसहरूले हाम्रो बन् जङ्गलहरू नष्ट पारिरहेको छ र नशालु पदार्थको अधिक व्यापारको निम्ति साम्प्रदायीक विषयहरूलाई विषय बनाएर मानिसहरूलाई भड्काउने काम गरिरहेका छन्।”

मणिपुर हिंसामा अहिलेसम्म नौ हजार भन्दा अधिक मानिसहरू प्रभावित भइसकेका छन र धेरै मणिपुरमा बस्ने मानिसहरू उक्त हिंसा देखि बाँच्नको निम्ति मणिपुर राज्य छोडी असम को सिमाना तिर बसाई सरिरहेका छन्। मणिपुरमा हिंसा अहिले भर्खरैको समस्या होइन तर यो त धेरै समय अघि देखिको समस्या हो। यहाँको कुकी, नागा र मैतय समुदाय बीच धेरै अघि देखि झमेला हुनेगर्थ्यो। मणिपुरमा बसोबास गर्ने सम्पूर्ण समुदायले एक आपसमा वार्ता गरेर यी समस्याको हल निकाल्नुपर्ने हो। यसरी एक अर्का सित झै झगडा पर्दा यसले अझ धेरै प्रतिशोध को भावना जागृत हुने गर्दछ र समस्याको हल हुनको साटोमा हिंसाले अझ धेरै कुराहरुको समस्या ल्याउन सक्नेछ। मणिपुरमा अहिले अधिक सामुदायिक झै झगडा हुँदा यसले र यो हिंसाले अर्कै भयानक मोड लिइरहेको छ। मणिपुरमा तनाव हुनको मुख्य कारण जनजातिको मागलाई लिएर रहेको थियो तर यो कुरा बढ्दै बढ्दै गएर आजको दिनमा यसले धार्मिक साम्प्रदायीक झगडा को रूप ली रहेको छ र यो विषयमा भारतको धेरै राजनैतिक पार्टीहरुले र पत्रकारहरुले पनि मौकाको फाइदा उठाई नै रहेको छ जस्तै मणिपुर हिंसामा धेरै चर्च, मठ र मन्दिरहरूको पनि तोडफोड भएको छ तर कतिपय राजनैतिक पार्टीहरुले एउटा धार्मिक समुदायलाई मात्रै पीडित बनाएर अर्को धार्मिक समुदायलाई दोष दिन खोजी रहेका छन् जस्तै कुनै राजनैतिक पार्टीहरुले मणिपुर हिंसामा चर्च तोडिएको घटनाको उल्लेख गर्ने गर्दछन् तर मठ मन्दिर तोडिएको घटनाको उल्लेख नै गर्दैनन् फेरि कतिपय राजनैतिक पार्टीहरुले मठ मन्दिर तोडिएको घटनाको उल्लेख गर्दछन् तर चर्चहरु तोडिएको घटनाको उल्लेख गर्ने गर्दैनन्। मणिपुर हिंसामा मणिपुरमा बसो बास गर्ने जुनै पनि धर्मको, जुनै पनि समुदाय को अथवा कुनै पनि भाषा भाषीको मानिसहरू प्रभावित भएका छन् चाहे उनीहरू मैतय जातिका मानिस होस् वा उनीहरू कुकी अथवा नागा जनजातिका मानिसहरू होस् उनीहरू सबै नै मणिपुर हिंसाबाट प्रभावित भएका छन् यसरी नै मणिपुरमा बस्ने हिन्दू समुदाय का मानिसहरू होस् वा इशाई समुदायका मानिसहरू होस् उनीहरू पनि सबै नै प्रभावित भएका छन् तर यसलाई राजनैतिक पार्टी होस् अथवा कुनै पनि दलका पत्रकार उनीहरूले पनि मणिपुरमा शान्ति स्थापना गर्ने कोशिश गर्नुपर्ने हो न कि यसलाई धार्मिक साम्प्रदायीक रंग दिनुपर्ने हो। मणिपुरमा बसोबास गर्ने कुकी र नागा समुदाय जो अधिकांश इशाई धर्मावलम्बीका हुन्छन् उनीहरुले पनि मैतय समुदायसित कुनै रिस राग बिना आपसी वार्ता गरेर समस्याको समाधान गर्नुपर्ने हो किनकी इशाई धर्ममा “love thy neighbour” अर्थात् “आफ्नो छिमेकीलाई प्रेम गर” भन्ने एकदमै राम्रो विचार रहेको छ र कुकी जनजातिको निम्ति मैतय समुदाय पनि छिमेकी नैं हुन् यसले गर्दा दुई समुदाय बीच प्रेम भाव हुनुपर्ने हो केही आपसी मन मुटाव रहेपनि यसलाई दुई समुदायले आपसी प्रेम मार्फत उक्त समस्याको समाधान गर्नुपर्ने हो। यसै गरी मैतय समुदाय पनि जो अधिकांस हिन्दू धर्मावलम्बीका हुने गर्दछन उनीहरूले पनि हिन्दू धर्मको असल विचार  “वसुदैव कुटुम्बकम्” अर्थात् विश्व नै मेरो सन्तान हो भन्ने विचारधारा अपन्याएको असल हो र यो हिसाबले हेर्दा कुकी जनजाति पनि मैतय समुदायको सन्तान नैं हुन् र यस कारणले गर्दा दुवै मैतय र कुकी समुदायले एक आपसमा मिलेर समस्याको। समाधान निकालेको असल हो। मणिपुर त्यो राज्य हो जसले धेरै राम्रा राम्रा खेलाडी र नामी व्यक्तित्वहरू समाजलाई दिएका छन् जस्तै खेलाडीहरुमा एम सी मेरी कम, मिराबाइ चानु, डिङगो सिंह जस्ता खेलाडीहरू, क्रान्तिकारी इरोम शर्मिला चानु जसले विश्वको सबै भन्दा धेरै समय सम्म भोक हड़ताल बसेर एउटा नयाँ कीर्तिमान नै रचे, यसै गरी आमस्ट्रड पामे जस्ता आईएएस यस्ता व्यक्तित्वहरू समाजलाई मणिपुरले दिएको छ यसरी नै पोलो खेल मणिपुरमा नै शुरू भएको मान्यता रहेको छ यसै कारणले गर्दा यस्तो प्रतिभाले भरिएको मणिपुर राज्य अस्त व्यस्त हुनु असल होइन किनकी यसले त्यहाँको धेरै होनहार प्रतिभाहरुलाई पनि असर पर्नसक्छ यसैले मणिपुरको हिंसाको समायसको समाधान वार्ता नै हो र वार्ता मार्फत नै त्यहाँको समुदायहरूले समस्याको समाधान खोज्न सक्छन् हिंसा द्वारा होइन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement