२२ जूनः पूर्ण फिटनेस हासिल गर्न नसक्दा चमत्कारी स्ट्राईकर तथा पूर्व कप्तान रानी रामपाललाई हकी इण्डियाद्वारा घोषित भारतको १८ सदस्यीय महिला हकी टीममा स्थान प्राप्त भएन, जसले आउँदो महिना एफआईएच हकी विश्व कपमा हिस्सा लिनेछ। गोलकीपर सविता पूनियाले टीमको अगुवाई गर्नेछिन्। टोक्यो २०२० ओलम्पिकमा भारतीय टीमले चौथो स्थान हासिल गर्दा कप्तान रहने रानीलाई खुट्टाको चोट निको भएपछि बेल्जियम र नीदरल्याण्ड विरुद्ध हालै एफआईएच प्रो लीग म्याचहरूका निम्ति भारतीय टीममा सामेल गरिएको थियो। चोटले गर्दा उनले ओलम्पिकपछि कुनै म्याच खेलेकी छैनन्।
टीममा रहे पनि रानीले प्रो लीगको यूरोपेली चरणको अवधि शुरुवाती ४ वटा म्याच खेल्न सकिनन्। त्यसले गर्दा उनको फिटनेसलाई लिएर प्रश्न उठ्न थालेको थियो अनि अन्तमा उनले विश्व कपको निम्ति टीममा स्थान गुमाउनु पऱ्यो। हालै एफआईएच प्रो लीग म्याचहरूमा भारतीय टीमकी हिस्सा रहने डिफेण्डर इशिका चौधरी र अक्षता अबासो ढेकाले, मीडफिल्डर बलजीत कौर र स्ट्राईकर संगीता कुमारी पनि टीममा स्थान बनाउन असफल भइन्। नीदरल्याण्ड र स्पेनले एकदेखि १७ जुलाईबीच विश्व कपको संयुक्त आयोजन गर्नेछ। दीप ग्रेस एक्का टीमकी उपकप्तान हुनेछिन्। भारतलाई पूल बी-मा ईंग्ल्याण्ड, न्यूजील्याण्ड र चीनसँग राखिएको छ। भारतको पहिलो म्याच ३ जुलाईमा ईंग्ल्याण्ड विरुद्ध रहेको छ।
भारतीय टीम यसप्रकार छः
गोलकीपरः सविता पूनिया (कप्तान), बिचु देवी खरीबाम।
डिफेण्डरः दीप ग्रेस एक्का, गुरजीत कौर, निक्की प्रधान, उदिता।
मीडफिल्डरः निशा, सुशिला चानू पुखरामबम, मोनिका, नेहा, ज्योति, नवजोत कौर, सोनिका, सलीमा टेटे।
फरवर्डः वन्दना कटारिया, लालरेम्सियामी, नवनीत कौर, शर्मिला देवी।
वैकल्पिक खेलाड़ीः अक्षता अबासो ढेकाले, संगीता कुमारी।







