१८ मईः डेनमार्कका होल्गर रुनेले नोवाक जोकोविचलाई तीन सेटसम्म चलेको म्याचमा पराजित गरी इटालियन ओपन टेनिस टुर्नामेण्टमा पुरुष एकलको सेमिफाइनलमा स्थान बनाए। डेनमार्कका २६ वर्षीय खेलाड़ी होल्गरले २२ पल्टका ग्राण्ड स्ल्याम च्याम्पियन सर्बियाई दिग्गजलाई ६-२, ४-६, ६-२-ले पराजित गरे। म्याचको अवधि जोकोविचलाई शुरुवातमा शारीरिक रूपले असल स्थितिमा देखिएन। टुर्नामेण्टमा ६ पल्टका च्याम्पियन जोकोविचले पूरा म्याचमा होल्गरको १५ को तुलनामा ३५ वटा सहज गल्तीहरू गरे। यसमा २२ वटा गल्ती फोरह्याण्डमा थियो।

सेमिफाइनलमा होल्गरको भिड़न्त कास्पर रुडसँग हुनेछ। नर्वेका खेलाड़ी रुडले क्वार्टर फाइनलमा अर्जेण्टिनाका फ्रान्सिस्को सेरुनडोलोलाई सीधा सेटमा ७-६, ६-४-ले पराजित गरे।