च्याम्पियन्स लीगः रियल म्याड्रिड ध्वस्त, अप्रतिरोध म्यानचेष्टर सिटी फाइनलमा

IMG-20230518-WA0067.jpg

१८ मईः रेकर्ड १४ पल्टको च्याम्पियन रियल म्याड्रिडको वाधालाई सजिलै पार गरी म्यानचेष्टर सिटीले प्रतिष्ठित यूएफा च्याम्पियन्स लीग फूटबलको फाइनलमा स्थान बनायो। बुधवार अबेर राति खेलिएको सेमिफाइनलको रिटर्न लेगमा सिटीले स्पेनिश क्लब रियल म्याड्रिडलाई ४-०-ले पिट्यो। यस जीतको साथै प्रीमियर लीग क्लबले आफ्नो पहिलो च्याम्पियन्स लीग खिताब जित्ने लक्ष्य पूरा गर्न फाइनलमा स्थान पक्का गऱ्यो। रियल म्याड्रिडको होम ग्राउण्डमा खेलिएको पहिलो लेगको म्याच १-१-ले ड्र रहेको हुनाले समग्रमा सिटी ५-१-ले विजयी भयो। पेप ग्वार्डियोलाको प्रशिक्षणमा रहने टीमले आफ्नो होम ग्राउण्ड ऐतिहाद स्टेडियममा रियल म्याड्रिडलाई कुनै मौका दिएन अनि म्याचको दुवै हाफमा २-२ गोल गऱ्यो। यसरी म्यानचेष्टर सिटीले यस सीजनमा ट्रेबल पूरा गर्ने दिशामा पनि कदम बढ़ायो। सिटीले अब १० जूनको दिन इस्तानबुलमा खेलिने च्याम्पियन्स लीगको फाइनलमा इटलीको क्लब इण्टर मिलानको चुनौती स्वीकार्नेछ। यसबाहेक प्रीमियर लीगमा क्लब च्याम्पियन बन्नदेखि केवल एक जीतको दूरीमा रहेको छ। यसरी नै सिटीले एफए कपको फाइनल (३ जून)-मा म्यानचेष्टर युनाइटेडको चुनौती स्वीकार्नेछ।
आफ्नो होम ग्राउण्डमा सेप्टेम्बर २०१८-देखि अजेय रहने सिटीले रियल म्याड्रिड विरुद्ध पनि जीतको लयलाई कायम राख्यो। गत सीजनमा रियलले सिटीलाई पराजित गरेर नै फाइनलमा स्थान बनाएको थियो अनि पछिबाट ट्रफी पनि जितेको थियो तर यसपाली परिस्थिति अलग रह्यो। म्याचमा ६० प्रतिशत पोजेशनको साथ खेल्ने म्यानचेष्टर सिटीलाई मध्यान्तरअघि बर्नार्डो सिल्वाले २ गोलको बढ़त दिलाए। उनले म्याचको २३औं र ३७औं मिनटमा गोल गरे। त्यसपछि मानुएल अकाञ्जीले ७६औं अनि जुलियन अल्वारेजले स्टपेज टाइमको पहिलो मिनटमा गोल गरी सिटीलाई ४-०-ले जीत दिलाए। म्याचमा एर्लिंग हालाण्डले पनि गोल गर्ने मौकाहरू पाएका थिए तर उनको प्रयासहरूलाई रियलका गोलकीपर थिबाउट कोर्टिसले असाधारण दक्षताको साथ रोके।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement