२२ जूनः अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-ले एएफसी एशियाई कप क्वालीफायर अघि भारतीय फूटबल टीमको निम्ति ज्योतिषी नियुक्त गरेको थियो। एउटा विश्वस्त सूत्रले यसबारे जानकारी दिएको छ। थाहालागे अनुसार, एआईएफएफ-ले एउटा ज्योतिष एजेन्सीमाथि १६ लाख रुपियाँ खर्च गरेको थियो, जसलाई उनीहरूले राष्ट्रिय टीमलाई प्रेरित गर्न नियुक्त गरेका थिए। सुनिल छेत्रीको कप्तानीमा रहने भारतीय टीमले ग्रुप डी-को शीर्ष स्थानमा रहेर टुर्नामेण्टको निम्ति क्वालीफाई गरेको थियो। टीमको विश्वसनीय सूत्रले बताएअनुसार, एशियाई कप क्वालफायर अघि राष्ट्रिय टीमको निम्ति एकजना प्रेरक नियुक्त गरिएको थियो। पछिबाट जुन कम्पनीसँग अनुबन्ध भएको थियो त्यो ज्योतिषसँग सम्बन्धिक कम्पनी रहेको पत्तो लाग्यो। सूत्रले दावी गरेको छ, टीमलाई प्रेरित गर्न एकजना ज्योतिषी नियुक्त गरिएको थियो। यसको निम्ति १६ लाख रुपियाँको भारी भुक्तान पनि गरिएको थियो।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								



