सरस्वती स्वनिर्भर दलद्वारा महानदीदेखि सिविटार जाने सड़कको सर सफाई

IMG-20220516-WA0190.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतको सिविटार तेरेस गाउँको सरस्वती स्वनिर्भर दलद्वारा महानदीदेखि सिविटारसम्म जाने बाटोको नालाहरू र पानी बग्ने ड्रेनको सबै सर सफाई गरेका छन्। सरस्वती स्वनिर्भर जसले सिविटारको ५ नम्बर गाउँको उकालो सड़कको साह्रै डरलाग्दो बिग्रेको ठाउँतिर सर सफाई गरेका छन्। गाड़ी चालक दाजु भाइहरूलाई धेरै असुविधा भईरहेको कारणले तेरेस गाउँको सरस्वती स्वनिर्भर दलद्वारा चालकहरूलाई केही सहयोग होस् भनेर सड़कको सर सफाई गरेका छन्। सड़कमा निस्केको ढुंगाहरूले गर्दा गाड़ी कुदाउन धेरै असुविधा भईरहेको कारणले बाटोमा माटो र ढुंगा हटाउने र सकड़को नालीहरु सर सफाई गर्ने काम गरेका छन्। सरस्वती स्वनिर्भर दलका प्रतिनिधिहरू उपस्थित भएर उक्त सामाजिक कार्यलाई सम्पन्न गरेका छन् भनी सरस्वती स्वनिर्भर दलकी सदस्या रिना प्रधानले जानकारी गराएकी छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *