गान्तोक: गत ३०अप्रेलदेखि राजधानीस्थित पाल्जर स्टेडियममा शुरु भएको अल सिक्किम चीफ मिनिस्टर्स सेकेण्ड डिभिजन एस-लीग च्याम्पियनशीप २०२३-को लीग अन्तर्गत आज दुईवटा खेल सम्पन्न भयो। आजको पहिलो खेल सिक्किम जोङग्री एफसी बनाम सिक्किम बोइजमाझ रोमाञ्चक भिड़न्त भएको थियो, जसमा २ को विरुद्ध ३ गोलले गरेर सिक्किम बोइज अघिलो चरणमा प्रवेश गर्न सफल भएको छ।
यसरी नै दोस्रो खेल पाकिम एफसी बनाम नर्दनर्स एफसीमाझ सम्पन्न भयो। यस खेलमा ३ को विरुद्ध ६ गोलको वृहत स्कोरले नर्दनर्स एफसी विजयी बन्यो। आजको पहिलो खेलमा सिक्किम बक्सिङ एसोसिएसनका अध्यक्ष एवं सिक्किम ओलम्पिक एसोसिएसनका महासचिव जसलाल प्रधान मुख्य अतिथिको रूपमा रहेका थिए भने दोस्रो खेलमा सिक्किम महिला फुटबल टोलीका प्रशिक्षक पाल्देन भोटिया मुख्य अतिथिको रुपमा उपस्थित थिए भने कुमार स्पोर्टिङ क्लबका सीईओ छिरिङ वाङचुक भोटिया विशिष्ट अतिथिको रूपमा उपस्थित रहेका थिए।
यस प्रतियोगितामा राज्यभरिका १२ वटा फुटबल क्लबहरुले भाग लिएका छन्।









