अखिल किराँत राई संघको कार्यकारी समितिको सभा सम्पन्न, सभामा विभिन्न प्रस्ताव पारित

IMG-20230517-WA0314.jpg

गान्तोक: तादोङस्थित राई खिम प्रेक्षागृहमा आज अखिल किराँत राई संघ सिक्किम केन्द्रीय कार्यकारी समितिको एक सभा संघका अध्यक्ष मोहन दुङमालीको अध्यक्षता सम्पन्न भयो। सभामा विभिन्न महत्वपूर्ण बिषयहरूमा बहस गरेपछि विभिन्न प्रस्तावहरु सर्वसम्मतिद्वरा पारित गरियो। आज पारित गरिएको प्रस्तावहरू मध्ये अखिल किराँत राई संघ सिक्किमको संविधान संसोधन मसौदा समितिको पक्षबाट विष्णु चामलिङ, र अधिवक्ता प्रदीप राईले सभामा पेश गरिएको अखिल किराँत राई संघ सिक्किमको संबिधान संसोधनमा समावेश गरिएका बिभिन्न प्रावधान/बुँदाहरुमाथि बहस गरी कतिपय प्रावधानहरु थप घट गरी अन्तिम रुप दिने कार्य गरियो। सभामा आरटीएमएसएस अध्यक्ष देवी राम राई, अखिल किराँत राई संघको प्यारेलाल संस्था नभएर यो अखिल किराँत राई संघको छाता मुनि एक भातृ संगठन रहेको बताए। सभामा राई भाषाको शिक्षकहरूको अन्तरवार्तामा बीएड र डीईएइडी गरेको प्रमाण पत्र अनिवार्यरूपमा चाहिने प्रावधान विषयमा अनि अन्तरवार्ता दिइसकेका राई भाषाका प्राथमिक र स्नातकका शिक्षकहरूले संघलाई राखेका मागहरू सम्वन्धि शिक्षा विभागसँग सम्पर्क गरेर पहल गर्ने निर्णय लिएको छ।

सभामा अखिल किराँत राई संघ सिक्किम केन्द्रीय कार्यकारी समितिका महासचिव जेपी राई, सह कोषाध्यक्ष मोनिका राई, अखिल किराँत राई संघ, सिक्किम युवा संघका अध्यक्ष मोहन राणा साम्पाङ लगायत अन्यहरू रहेको संघका मूल सचिव आरके वालिङद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement