मानव उत्थान सेवा समितिद्वारा राज्य दिवसमा रक्तदान शिविर आयोजित

IMG-20230517-WA0317.jpg

गान्तोक: मानव उत्थान सेवा समिति, सिक्किमद्वारा मङ्गलबार राजधानीको एसटीएनएम अस्पतालमा वृहत रक्तदान शिविर आयोजन गर्‍यो। मानव उत्थान सेवा समिति, उत्तरपूर्वाञ्चल क्षेत्रकी प्रभारी साध्वी महात्मा अदिना बाईजी अनि विभिन्न तहसिल प्रभारी महात्मागणको विशेष उपस्थितिमा सम्पन्न रक्तदान शिविरमा स्वयंसेवी प्रकोष्ठ मानव सेवा दल अनि युवा प्रकोष्ठका युवा सदस्यहरुले ठुलो सङ्ख्यामा सक्रिय सहभागिता जनाउँदै रक्तदान गरे। शिविरमा अस्सीभन्दा अधिकले रक्तदान गरेका थिए। यस रक्तदान शिविरलाई सफल बनाउन सेन्ट्रल ब्लड ब्याङ्ककी प्रमुख वरिष्ठ विशेषज्ञ डाक्टर छुमिला भोटिया, सिनियर तक्निशियन लव मोहोरा लगायत अन्य सहयोगीहरुले सहयोग पुर्‍याएका थिए। यसरी नै मणिपाल अस्पताल अनि एसटीएनएम अस्पतालका ६ जना चिकित्सकहरु डाक्टर अञ्जिला राई, डाक्टर कर्मा सोनाम भोटिया, डाक्टर छुङ्वाङ लिम्बु, डाक्टर रश्मि गुरुङ, डाक्टर शमिता सुब्बा अनि डाक्टर मालती सुब्बाले पनि शिविरमा सहभागिता जनाउँदै रक्तदान गरे। मानव उत्थान सेवा समिति, सिक्किमले विभिन्न अवसरमा रक्तदान लगायत अन्य सामाजिक क्षेत्रहरूमा विविध सेवा पुर्‍याउँदै आएको छ।

About Author

Advertisement