खोरीबारी: आँधी-बेह्रीले खोरीबारीको बतासीस्थित पश्चिम बदराजोत इलाकामा केही घरहरूलाई क्षतिग्रस्त पारिदिएको छ। गत राति आएको आँधीबेह्रीले यस इलाकामा लगभग पाँचवटा घर पूर्ण रूपले क्षतिग्रस्त भएको छ। यसको साथै सम्पूर्ण इलाकामा नै बिजली परिसेवा पनि ठप्प बन्न पुगेको छ। यस घटनामा मानिसहरूलाई कुनै प्रकारको अप्रिय घटना नभएको जान्नमा आएको छ।
यस विषयमा रानीगञ्ज पानीसाली ग्राम पञ्चायतका सदस्य मिथुन पलानले दिएको जानकारी अनुसार सम्पूर्ण इलाकामा पाँचवटा घरलाई आँधी-बेहीले नोक्सान पुऱ्याएको छ। तिनले पीडित परिवारलाई सरकारी सहयोग पुयाउने आश्वासन दिएका छन्।











