विम्बल्डनः जोकोविच र नडाललाई शीर्ष दुई वरीयता

IMG-20220622-WA0088.jpg

२२ जूनः पूर्व नम्बर एक सर्बियाई खेलाड़ी नोवाक जोकोविच र स्पेनिश दिग्गज रफायल नडाललाई विम्बल्डन टेनिस च्याम्पियनशीपको पुरुष एकलमा शीर्ष दुई वरीयता दिइएको छ। यसैकारण यी दुई स्टार खेलाड़ी यसपाली पुरुष एकल ड्र-को अलग-अलग हाफमा हुनेछन्। सालको तेस्रो ग्राण्ड स्ल्याम विम्बल्डनको निम्ति वरीयताको घोषणा मंगलवार गरियो। विश्वका नम्बर एक खेलाड़ी दानिल मेदवेदेव र एलेसान्द्र ज्वेरेवको अनुपस्थितिमा जोकोविचलाई शीर्ष वरीयता दिइएको छ भने नडाल दोस्रो वरीयता प्राप्त खेलाड़ी हुनेछन्। युक्रेनमाथि सैन्य हमलाले गर्दा विम्बल्डनको आयोजक अल ईंग्ल्याण्ड क्लबले रुस र बेलारुसका खेलाड़ीहरूमाथि प्रतिबन्ध लगाएको छ। यसैकारण मेदवेदेवले विम्बल्डनमा हिस्सा लिन सकेनन्। यसरी नै दोस्रो नम्बरका खेलाड़ी ज्वेरेव खुट्टाको चोटले गर्दा च्याम्पियनशीपबाट बाहिर भएका छन्।
अब शीर्ष दुई वरीयता प्राप्त खेलाड़ी भएका हुनाले जोकोविच र नडालबीच फाइनलअघि भिड़न्त हुनेछैन। महिलामा २३ पल्टकी ग्राण्ड स्ल्याम विजेता अमेरिकाकी सेरेना विलियम्सलाई कुनै वरीयता प्राप्त भएन। टुर्नामेण्टको ड्र शुक्रवार हुनेछ जबकि म्याचहरू सोमवारदेखि शुरु हुनेछ। वर्ष २०२१-देखि पुरुष र महिला एकलमा वरीयता एटीपी (पुरुष) र डब्ल्यूटीए (महिला) विश्व ऱ्यांकिंगको आधारमा दिइन्छ। महिला एकलमा विश्वकी नम्बर एक खेलाड़ी पोल्याण्डकी इगा स्वियातेकलाई शीर्ष वरीयता दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement